२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देवघाट गाउँपालिकाको नीति तथा कार्यक्रम : कृषि, रोजगारी, स्वास्थ्य र शिक्षा प्राथमिकतामा

२०७७, ९ असार मंगलवार १०:००

असार ९, दमौली। तनहुँको देवघाट गाउँपालिकाले आगामी आव २०७७÷७८ का लागि कृषि, रोजगारी र शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा कृषि तथा पशुपक्षी, रोजगारी र गरिबी निवारण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको हो ।

गाउँपालिकाले कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्न एक गाउँ ः एक उत्पादन तथा पकेट क्षेत्रको विकास गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण र बन्दाबन्दीले आर्थिक मन्दीको अवस्थामा सुधार ल्याउन कृषि तथा पशुपक्षीको क्षेत्रको उत्पादनलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा कृषि जमीन बाँझो रहन नदिने विगत वर्षको नीतिलाई निरन्तरता दिई प्रभावकारी कार्यान्वयन गरिने उल्लेख छ । “खाली र पर्ती जग्गाको लगत सङ्कलन गरी जग्गा बाँझो राख्न नपाइने नीति अवलम्बन गरिनेछ,” थापाले भन्नुभयो, “त्यस्ता जग्गामा खेती गर्न चाहने कृषकलाई गाउँपालिकाले अनुदानको व्यवस्था गर्नेछ ।”

कृषि उत्पादन वृद्धि गर्न उत्पादनका आधारमा अनुदानको व्यवस्था गरिने बताउँदै थापाले सामूहिक खेतीलाई प्रोत्साहन दिइने प्रष्ट पार्नुभयो । उहाँले एक वडा : एक नमूना गाउँ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।


चालु आर्थिक वर्षको बाख्रा पकेट क्षेत्र कार्यक्रमलाई प्रभावकारी बनाई आवश्यकता अनुसार थप बाख्रा पकेट क्षेत्र विस्तार तथा एक गाउँ एक अन्नबाली उत्पादनको नीति अवलम्बन गरिनेछ । एकीकृत कृषि विकास कार्यक्रम अन्तर्गत सिंचाई, मल, बीउ, किटनाशक औषधि, प्रविधि, उत्पादित वस्तुको भण्डारण, प्रशोधन र बजारलाई सँगसँगै अगाडी बढाउन अध्ययन, अनुसन्धान, सहयोग र समन्वय गरिने उल्लेख छ । गाउँपालिकाले वडा नं १ कोटामा पशुपंक्षी अनुसन्धान केन्द्र र वडा नं २ मा कृषि अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाई रोजगारी सिर्जनालाई प्राथमिकतामा राखी श्रमको सम्मान, देवघाट गाउँपालिकाको अभियान कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिने जनाइएको छ । रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरुलाई आगामी आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने, रोजगारी सुनिश्चित गर्न व्यावसायिक कृषि, सिंचाई, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा सहकार्य गरिने उल्लेख गरिएको छ । 

स्वास्थ्यतर्फ कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणले सिर्जना गरेको जनस्वास्थ्यको चुनौतीलाई व्यवस्थापन गर्न सक्ने क्षमताको विकास गरिने, कोभिड–१९ को महामारी तथा यसपछि पनि आउन सक्ने अन्य महामारी विरुद्ध लड्न स्वास्थ्य संस्थालाई सुदृढ बनाउने नीति गाउँपालिकाको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि, स्वास्थ्य सामग्री र व्यक्तिगत सुरक्षा सामग्री सहित उपकरणको उचित व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो