११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भ्रामक विज्ञापन बजाएर ग्राहकलाई ठग्दै डिसहोम

९ असार २०७७, मंगलवार १०:१२

असार ९, काठमाडौँ । नेपालको एक मात्र विनातार सीधै ग्राहकका घरसम्म (डिटिएच) सेवा प्रदायक भनी जिकिर गर्ने डिस होम जोडेकाहरु टेलिभिजन राम्रोसँग हेर्न नपाएको गुनासो गर्छन् । डिटिएच प्रविधिबाट गुणस्तरीय दृश्य हेर्न सकिने बताउँदै आएको डिसहोम बादल लाग्नेबित्तिकै अवरुद्ध हुन्छ । पानी पर्न थालेपछि त झ्यार् झ्यार् भएर हेर्न सकिँदैन । कतिखेर त घाम लागेका बेलामा पनि सेवा अवरुद्ध हुने गरेको ग्राहक श्यामबहादुर तामाङले बताउनुभयो । टिभी हेर्दाहेर्दै बीचमा अड्किने गर्दा ‘बेक्कारमा डिसहोम जोडेछु’जस्तो लाग्न थालेको उहाँले सुनाउनुभयो ।  कोरोनाको सङ्क्रमण फैलिएका बेला त्यसबारे जान्न समाचार हेर्न बस्दा पटकपटक टिभी बन्द हुने गरेको तामाङको अनुभव छ ।

डिसहोम जोडेका टिभी घण्टैपिच्छे झ्याप् झ्याप् हुने गरेको धेरै प्रयोगकर्ताको भनाइ छ । यो अनुभव तामाङको मात्र होइन डिसहोम जोड्ने धेरै ग्राहकको हो । आफैँ टिभी बन्द हुने र खुल्ने विशेषता पनि डिसहोमको छ ।

मासिक रु २५० मा टिभी हेर्न सकिने भनी विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन गर्ने डिसहोमले मासिक शुल्क भने ग्राहकबाट रु ३५० नै असुल्ने गरेको छ । ग्राहकले वार्षिक एकैपटक तिरे मात्र रु ३५० मा सेवा पाउँछन् । विज्ञापनको भाषाले भने वार्षिक एकैपटक तिरे मात्र रु २५० पर्छ भन्दैन । 

सो प्रविधिको माध्यमबाट धेरै टिभी च्यानल स्याटेलाइटबाट सीधै उपभोक्ताका घरमा पुग्ने जिकिर गरिए पनि सेवा गुणस्तरीय छैन । घरको छतमा सानो डिस र टिभीमा सेटअप बक्स जडान गरी आउने भनिएको सो टिभी सिग्नलका कारण समाचार, चलचित्रलगायत हेर्दाहेर्दै अड्किएपछि नमज्जा हुने गरेको दक्षिणकाली नगरपालिका फर्पिङका ग्राहक रामसुन्दर पौडेलले गुनासो गर्नुभयो । 

सुगमदेखि दुर्गमसम्म लिन सकिने यो सेवाको गुणस्तर भौगोलिक विकटताका स्थानमा अझ कमजोर रहेको जडान गर्ने ग्राहकको गुनासो छ ।  नुवाकोटको दुप्चेश्वरमा डिसहोम जोड्नुभएका माया तामाङ विज्ञापन गरे जति राम्रो सेवा पाउन नसकिएको दुःखेसो गर्नुहुन्छ । दुर्गममा पनि राम्रोसँग टिभी हेर्न सकिन्छ भनी डिसहोम जोडिए पनि त्यो पूरा नभएको उहाँको भनाइ छ । 

डिसहोम जडान गर्ने ग्राहकले शुरुमा एक महिनाको मात्र शुल्क तिर्दा नै कम्तीमा रु चार हजार डिलरलाई बुझाउँछन् । त्यति पैसा बुझाएवापत ग्राहकले प्यान बिलसमेत नपाइएको जनाएका छन् ।  डिसहोमले ग्राहकलाई दिएको वेबसाइट www.dishhome.com.np समेत सहजै खुल्दैन ।  

 डिसहोमको गुनासो शाखाकी उर्मिशा भुजेलले पुरानो सेटअप भएका ग्राहकमा मात्र समस्या आएको जिकिर गर्नुभयो । डिसहोम जोडेको महिना दिन नबित्दै समस्या आएको ग्राहक बताउँछन् । थप जानकारीका लागि कार्यालयका अरु अधिकारीलाई सम्पर्क गराउने उहाँले जिकिर गरे पनि सम्पर्क हुनसकेन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी