८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुस्ताको निति तथा कार्यक्रम कृषि र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता

१० असार २०७७, बुधबार ०२:५७

श्याम थापा | असार १०, सुस्ता | पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०७७/०७८ को बार्षिक निति तथा कार्यक्रममा कृषि तथा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखेको छ ।

मंगलबारको दिन भएको सुस्ता गाउँपालिकाको सातौ गाउँ सभामा गाउँपालिका अध्यक्ष एवं सभाका सभा अध्यक्ष रामप्रसाद पाण्डेयले आर्थिक बर्ष ०७७/०७८ को बार्षिक निति तथा कार्यक्रममा कोभिड १९ कोरोना भाइरसको महामारीबाट प्रभावित युवाहरुलाई लक्षित गरि कृषि र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकताको साथ बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका छ्न ।


सभाका अध्यक्ष एवं सुस्ता गाउँपालिका अध्यक्ष पाण्डेयले कृषि र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता राखी विभिन्न क्षेत्रलाई समाबेश गरि ल्याएको बार्षिक निति तथा कार्यक्रमलाई प्रस्तुत गर्दै क्लिन र हरित गाउँपालिका,भ्रष्टाचारमुक्त राजनीति र कर्मचारी प्रशासन एवं जनताप्रती जवाफदेहि गाउँपालिका प्रशासन,स्वच्छ सुन्दर,समृद्व सुस्ता सुखी सुस्ताबासीको अभियानको साथ गाउँपालिका अघि बढेको अध्यक्ष पाण्डेयले बताएका छन् ।

गाउँपालिका अध्यक्ष पाण्डेयले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रममा भौतिक पुर्वधार बिकास तर्फ सडक,सिचाइ,शितभण्डार,गाउँपालिका स्तरीय गौरव कार्यक्रम,सहकारी एवं वित्तीय संस्थाको व्यवस्थापन,कर सेवा शुल्क तथा राजस्व,पर्यटन बिकास तर्फ समग्र सुस्ता क्षेत्रमा रहेका धार्मिक,सास्कृतिक,प्राकृतिक आकर्षण सम्पदाहरुलाई पर्यटकीय केन्द्रको रूपमा बिकास गर्न ऎतिहासिक धार्मिक स्थल चुहाडी अनुमाघाट,मदारबाबा क्षेत्र र बहुउद्देश्यीय पोखरी निर्माण सहित मनोरञ्जन स्थानको निर्माण लगायतका क्षेत्रमा रहेको छ । शिक्षा तथा खेलकुद तर्फ आवश्यकता अनुसार सामुदायिक बिधालय स्थापना,निशुल्क तथा गुणस्तरीय शिक्षा,विद्यार्थी अनुपात शिक्षकको दरबन्दी,खेलाडी उत्पादन र सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता लगायतका क्षेत्रमा समावेश गरिएको छ । 


त्यसैगरी आधारभुत स्वास्थ्य र सरसफाइ तर्फ स्वच्छ,सुन्दर र हरित सुस्ता गाउँपालिका अभियान र लेङ्गिक समानता तथा समाजिक समावेशीकरण तर्फ जेष्ठ नागरिक,आदिवासी जनजाती,महिला तथा बालबालिका दलित तथा अन्य विपन्न बर्ग समुदायको हकहितमा कार्यक्रम समावेश भएको छ भने सूचना तथा सञ्चार,खानेपानी उर्जा र बैकल्पिक उर्जा लगायत विविध क्षेत्रमा समावेश गरि बार्षिक निति तथा कार्यक्रम सुस्ता गाउँपालिकाको कार्यालयले ल्याएको सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले बताए ।

गाउँपालिकाले बनाएको आर्थिक बर्ष ०७७/०७८ को बार्षिक निति तथा कार्यक्रम सातौं गाउँ सभाले पास गरेको छ भने सभामा उपस्थित वडा अध्यक्ष एवं वडा सदस्य लगायतले बार्षिक निति तथा कार्यक्रम समग्र क्षेत्रलाई समेटेर आएको र समावेशीकरण रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता