२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गण्डकी प्रदेशमा पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा

२०७७, १० असार बुधबार ०४:४०

असार १०, पोखरा। गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा पाइने रैथाने पार्कोटे र लिमे जातका भैँसीपालनलाई प्राथमिकतामा राखेको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय प्रजातिका पशुवस्तु एवं कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको हो । सरकारले स्थानीय प्रजातिका खरी जातको बाख्रा, च्याङग्रा, भेडा, चौँरी, कुखुरा, कालोसुँगुर, जेठोबुढो धान आदि प्रवद्र्धन गर्ने कार्यक्रमलाई जोड दिएको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताउनुभयो ।

पशुपक्षीका लागि आवश्यक पर्ने दानाको आपूर्तिलाई सहज र सर्वसुलभ बनाउन निजी क्षेत्रको साझेदारीमा दाना र साइलेज उद्योग स्थापना गर्न रु एक करोड १२ लाख विनियोजन गरिएको मन्त्री गुरुङले बताउनुभयो । सरकारले भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको प्रयोगशालाको स्तरोन्नति गर्न तथा पशु रोग नियन्त्रणका लागि खोप बैंक स्थापना गरी पशु खोप कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरेको छ । 

तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा स्थापित द्रुत विषादी अवशेष परीक्षण केन्द्रलाई थप स्रोत साधन सम्पन्न बनाई पशुपक्षी रोग नियमन गर्ने प्रयोगशालाका रूपमा समेत सञ्चालन गर्न रु दुई करोड ९९ लाख विनियोजन गरेको मन्त्री गुरुङले बताउनुभयो । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश