२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुकुम्बासी बस्तीमा उज्यालो छाउँदै

२०७७, १० असार बुधबार ०४:४८

असार १०, राँझा। ऐलानी जमीनमा घर भएका कारण विद्युत् सुविधा नभएको नेपालगञ्ज उपमहानगरपालिकाको सुकुम्बासी बस्तीमा सौर्य ऊर्जामार्फत उज्यालो कार्यक्रम सञ्चालन गरिएको छ । नेपालगञ्ज–१८ स्थित शान्तिनगर टोलको नयाँबस्तीमा बसोबास गर्दै आएका विपन्न समुदायमा वडा कार्यालयमार्फत सोलार प्यानल वितरण गरी उज्यालो कार्यक्रम थालिएको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, तराई–मधेश समृद्धि विकास कार्यक्रममार्र्फत गरीब, मधेसी, मुसलमान तथा पिछडिएको क्षेत्रमा वैकल्पिक ऊर्जाको योजना बनाएर प्यानल वितरण गरिएको वडाध्यक्ष दीपक बर्माले बताउनुभयो ।  उहाँका अनुसार बस्तीका ५४ घरपरिवारलाई पुग्ने गरी  प्यानल वितरण भइसकेको छ । कार्यक्रमअन्तर्गत २५९ प्यानल जडान गर्ने वडा कार्यालयको योजना  छ । यहाँका बासिन्दासँग लालपूर्जा नहुँदा बत्तीको मिटर राख्न सकेका छैनन् । विसं २०६०मा सुर्खेत, दैलेखलगायत विभिन्न जिल्लाबाट आएर नयाँबस्तीमा बसेका घरपरिवारलाई प्यानल दिइएको हो ।

“विपन्न समुदायको बस्ती भएकाले नागरिकहरु अहिले पनि अँध्यारोमा बस्न बाध्य छन् । नगरभित्रैको बस्तीका बासिन्दा अँध्यारोमा बस्न नपरोस् भनेर सोलार  प्यानल सहयोग गरिएको हो”, वडाध्यक्ष वर्माले भन्नुभयो, “अब सुकुम्वासी बस्तीमा पनि अँध्यारो हटेर उज्यालो छाउँदैछ । वितरण गरिएको सोलारबाट पाँच वटा बत्ती र एउटा पङ्खा चल्ने क्षमता रहेको छ ।”

तराई–मधेस समृद्धि विकास कार्यक्रममार्र्फत प्राप्त रु ४५ लाख बजेटबाट प्यानल वितरण कार्यक्रम भइरहेको वडाध्यक्ष वर्माले जानकारी दिनुभयो । स्थानीयवासी धनबहादुर बिटालुले ऐलानी जग्गामा घर भएका कारण धेरैले विद्युत्को मिटर नपाउँदा अँध्यारोमा बस्न बाध्य भएका अवस्थामा प्यानल वितरणले बस्ती उज्यालो भएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका परिवारले प्यानल पाएपछि बस्तीमा उज्यालोसँगै खुशीयाली छाएको उहाँको भनाइ छ । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो