२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुमेघ टुर्स एण्ड ट्राभल्सद्वारा कोरोना कोषमा ३० लाख सहयोग

२०७७, १० असार बुधबार ०५:१८

असार १०, बागलुङ। सुमेघ टुर्स एण्ड ट्राभल्सले यहाँका तीन स्थानीय तहसहित सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । सरकारको केन्द्रीय कोषमा रु २० लाख, बागलुङ नगरपालिका, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको कोरोना व्यवस्थापन कोषमा क्रमशः रु चार/चार र दुई लाख प्रदान गरिएको ट्राभल्सले जनाएको छ । ट्राभल्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा राज्यलाई सघाएको सञ्चालक मेघ खत्रीले बताउनुभयो । उहाँले आकस्मिक प्रकोप र सङ्कटमा संधै सहयोगी भूमिकामा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कोरोनाका कारण गरिएको बन्दाबन्दीबीच ट्राभल्सले अघिल्लो महिना जापानका लागि तीन चार्टर्ड उडानसमेत गरी यात्रुलाई सेवा पुर्याएको थियो । जापानमा कार्यरत तथा नेपाली विद्यार्थी, विदेशी नागरिकलगायत गरी ७६६ यात्रुलाई नेपाल वायुसेवाको वाइडबडी जहाजमार्फत गन्तव्यमा पुर्याइएको ट्राभल्सले जनाएको छ ।

सञ्चालक केसीले गृहजिल्ला बागलुङको पर्यटन र सामाजिक विकासका क्षेत्रमा ट्राभल्समार्फत सहयोग पुर्याउँदै आउनुभएको छ । कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सहयोग गरेर ट्राभल्सले राम्रो काम गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँपालिकाले स्थापना गरेको कोषमा हालसम्म रु ४० लाखभन्दा धेरै रकम जम्मा भइसकेको छ । स्थानीय तहले कोरोना महामारीलाई लक्ष्य गरी खडा गरेका कोषमा देश विदेशबाट सहयोग जुट्ने क्रम बढेको छ । 

सहकारीद्वारा कोरोना कोषमा सहयोग

मातृभूमि बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १३औँ स्थापना दिवसका अवसरमा मङ्गलबार बागलुङ नगरपालिकाको कोरोना व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । कोरोना महामारीबाट प्रभावितको उद्धार र राहतका लागि सहयोग पुगोस् भन्ने हेतुले रु १३ हजार कोषमा प्रदान गरिएको सहकारीले जनाएको छ ।

सहकारीका अध्यक्ष गुणराज पौडेललगायत पदाधिकारीहरुको उपस्थितिमा सहयोग रकमको ‘चेक’ नगरपालिकाका प्रमुख जनकराज पौडेललाई हस्तान्तरण गरिएको थियो । नगरप्रमुख पौडेलले आफूसमेत शेयर सदस्य रहेको सहकारीले गरेको सहयोगप्रति खुसी व्यक्त गर्नुभएको थियो ।

उहाँले कोषमा जम्मा भएको रकम सङ्कटमा परेकाको उद्धार र राहतमा खर्च गरिने बताउनुभयो । सहकारीका अध्यक्ष पौडेलले स्थापना दिवसमा सानो भए पनि परोपकारी उद्देश्य राखेर राहत कोषमा सहयोग गरिएको बताउनुभयो । कोरोनाको जोखिमका कारण ठूलो कार्यक्रम गर्न नसकिएको सहकारीका सचिव रामप्रसाद शर्माले बताउनुभयो । सहकारीमा ३०० भन्दा बढी शेयर सदस्य छन् । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश