४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ, ४५ लाख उधारो

१० असार २०७७, बुधबार ०५:२३

असार १०, डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ भएको पाइएको छ । जारी आव सकिनै लाग्दा नगरपालिकालाई डोजर प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मेहम्मे भएको छ ।

नगरपालिकाको विकासका लागि करिब रु एक करोड मूल्यमा खरिद गरिएको डोजर विभिन्न निकायमा आबद्ध व्यक्ति तथा संस्थाहरुले निजी तथा सार्वजानिक प्रयोजनका लागि प्रयोग गरेर रकम नतिरेको पाइएको हो । नगरको डोजर धेरैजसोले व्यक्तिगत कामका लागि प्रयोग गरेका छन् । तुइनमा गाडी तार्नेदेखि भवनको जग खन्ने, व्यक्तिगत कुलो खन्नेलगायतका काममा प्रयोग गरिएको छ । जारी आवमा मात्रै डोजर प्रयोगवापतको रु ४४ लाख ७२ हजार रकम उठाउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

केही दिनअघि मात्रै नगर उपप्रमुख चन्द्राकुमारी बोहोराको संयोजकत्वमा बसेको नगर राजश्व परामर्श समितिको बैठकमा डोजरको उठ्न बाँकी रकमका बारेमा बृहत् छलफल भएको थियो । उठ्न बाँकी रकमको विषयलाई लिएर सरोकारवाला पक्षले तीव्र आलोचना गरेका छन् । आगामी नगरसभामा डोजर प्रयोग गरेर रकम नतिरेका सबैको नाम सार्वजानिक गरिने नगर उपप्रमुख बोहोराले बताउनुभयो ।

नगरसभामा नाम सार्वजानिक गर्नुअघि डोजरका कर्मचारी खटाएर रकम उठाउन लगाउने र नउठे नाम सार्वजानिक गर्ने उहाँको भनाइ छ । डोजरका लागि मात्रै नगरपालिकाले तीन कर्मचारी नियुक्ति गरेको छ ।

“नगरको डोजरको लाखौँ उधारो छ, त्यही रकम उठाएर तलबभत्ता खुवाउनुपर्ने हो तर उधारो रकम नउठाएरै कर्मचारी पालिरहेको छ”, राजवश्व परामर्श समितिका सदस्य पूर्णकेशर न्यौपानेले बताउनुभयो । नगरपालिकाको डोजर एउटै व्यक्तिले ४८ घण्टासम्म प्रयोग गरेर रकम नतिरेको उधारो सूचीमा देखिएको छ ।

सरकारी डोजर कर्मचारी, जनप्रतिनिधि, स्थानीय राजनीतिज्ञ, बुद्धिजीवीलगायतका व्यक्तिले प्रयोग गरेर रकम नतिरेको पाइएको हो । डोजर खरिद गरेका जिल्लाका अन्य स्थानीय तहले पनि आर्थिक लेखाजोखा जनतासामु सार्वजानिक गर्नुपर्ने डोल्पालीको धारणा छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ