असार १०, काठमाडौं । नेपालमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य तोलामा ५ सय ५ रुपैयाँले बढेर ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तोलामा ५ रुपैयाँले बढेर चाँदीको मूल्य ९ सय ४५ रुपैयाँ पुगेको छ ।