८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनको बकुलहर अस्पताल प्रदेश स्तरको हुने

१० असार २०७७, बुधबार ०७:३९

असार १०, चितवन। पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेश स्तरीय हुने भएको छ । वाग्मती प्रदेशले सबै जिल्लामा एउटा प्रदेश स्तरीय बनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल बनाउन लागेको हो । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार हाल १५ श्यया रहेको सो अस्पताल प्रदेश स्तरको हुने भएको हो । वि.सं २०५८ मा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो । हाल त्यहाँ पाँच विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् । 

अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्स–रे, एक्स–रे जस्ता सेवा उपलब्ध छन् । अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतको विशेषज्ञ सेवा दिइँदै आएको छ । बगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ । 

उहाँले प्रदेश स्तरको भएसँगै ५० श्ययाभन्दा माथिको अस्पताल बन्ने बताउनुभयो । थप विशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पताल बन्ने बगालेको भनाइ छ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका नीति योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार यस क्षेत्रको जनघनत्वका आधारमा श्यया तय हुनेछ । आउँदो वर्ष अस्पतालमा प्रसूति भवन निर्माणका लागि रु एक करोड ५० लाख बजेट विनियोजन भइसकेको उहाँले जानकारी दिनुभयो । बहुवर्षीय योजनाअन्तर्गत सो भवन बन्नेछ । 

हाल वाग्मती प्रदेशका आठ जिल्लामा प्रदेश स्तरका अस्पताल छन् । थप पाँच जिल्लामा अस्पताल निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकासँगै मकवानपुरका सीमा क्षेत्रका जनतालाई सो अस्पतालले सेवा दिन सक्नेछ । त्यस क्षेत्रमा विशेषज्ञ अस्पताल नहुँदा बिरामी भरतपुर आउन बाध्य छन् । 

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँको पुरानो सरकारी अस्पतालको प्रदेश सरकारले स्तरोन्नति गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । “हामीले पटकपटक सरकारलाई स्तर वृद्धिका लागि आग्रह गरेका थियौँ”, प्रमुख वनले भन्नुभयो, “अहिले आएर प्रदेश सरकारले हाम्रो आग्रह सुनेको छ ।” उहाँले अस्पतालको स्तर वृद्धिमा आवश्यक सहयोगमा रत्ननगर नगरपालिका लागि पर्ने बताउनुभयो । सो अस्पताल रत्ननगर नगरपालिकाको टाँडी बजार नजीकै छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता