८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पञ्चासेलाई सुनाखरी संरक्षण क्षेत्रको रुपमा बढाइने

११ असार २०७७, बिहीबार ०४:४७

असार ११, पोखरा । पोखरा महानगरपालिकाले पञ्चासे क्षेत्रलाई सुनाखरी संरक्षण क्षेत्रका रुपमा अघि बढाउने तयारी गरिएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पञ्चासेलाई सुनाखरी संरक्षण क्षेत्रको रुपमा अगाडि बढाउन बजेटको व्यवस्था गरिएको उल्लेख छ ।

फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा फेवातालमा सिल्टेसन बाँध निर्माण तथा जलाधार क्षेत्र संरक्षण कार्य सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । यस वर्ष १५ किलोमिटर सडक किनारामा वृक्षरोपण गरिने उल्लेख गर्दै महानगरपालिकाले नदी किनारामा बाँस, अम्रिसो लगायतका बिरुवा रोप्ने कार्य अभियानका रुपमा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ ।

राष्ट्रिय विभूति तथा शहीद पार्कमा पोखरा ब्यानर निर्माण तथा पैदलमार्ग निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । खुल्ला स्थानमा सर्भिस स्टेशन तथा जग्गाको उपलब्धता हेरि सार्वजनिक शौचालय निर्माणको लागि बजेट छुट्याइएको जानकारी दिँदै उहाँले हल्लनचोकमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण कार्य आगामी आवमा सम्पन्न गर्ने गरी ९६ लाख बजेट विनियोजन गरिएको बताउनुभयो । सुइखेत खोला, कालीखोला, सेती नदी, खुदीखोला, काहुँखोला, भोटीखोलालगायत नदीहरुले बस्तीमा पारेको असर न्यूनीकरण गरी संरक्षण गर्न बजेट छुट्याइएको छ । ताल, पोखरी र चौतारी संरक्षणका लागि आगामी आवमा निरन्तरता दिने महानगरपालिकाले जनाएको छ ।

कालिका पोखरी तथा कश्यप ताल संरक्षणको लागि डिपिआरअनुरुप निर्माण शुरु गर्न बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता