२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पञ्चासेलाई सुनाखरी संरक्षण क्षेत्रको रुपमा बढाइने

२०७७, ११ असार बिहीबार ०४:४७

असार ११, पोखरा । पोखरा महानगरपालिकाले पञ्चासे क्षेत्रलाई सुनाखरी संरक्षण क्षेत्रका रुपमा अघि बढाउने तयारी गरिएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पञ्चासेलाई सुनाखरी संरक्षण क्षेत्रको रुपमा अगाडि बढाउन बजेटको व्यवस्था गरिएको उल्लेख छ ।

फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा फेवातालमा सिल्टेसन बाँध निर्माण तथा जलाधार क्षेत्र संरक्षण कार्य सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । यस वर्ष १५ किलोमिटर सडक किनारामा वृक्षरोपण गरिने उल्लेख गर्दै महानगरपालिकाले नदी किनारामा बाँस, अम्रिसो लगायतका बिरुवा रोप्ने कार्य अभियानका रुपमा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ ।

राष्ट्रिय विभूति तथा शहीद पार्कमा पोखरा ब्यानर निर्माण तथा पैदलमार्ग निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । खुल्ला स्थानमा सर्भिस स्टेशन तथा जग्गाको उपलब्धता हेरि सार्वजनिक शौचालय निर्माणको लागि बजेट छुट्याइएको जानकारी दिँदै उहाँले हल्लनचोकमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण कार्य आगामी आवमा सम्पन्न गर्ने गरी ९६ लाख बजेट विनियोजन गरिएको बताउनुभयो । सुइखेत खोला, कालीखोला, सेती नदी, खुदीखोला, काहुँखोला, भोटीखोलालगायत नदीहरुले बस्तीमा पारेको असर न्यूनीकरण गरी संरक्षण गर्न बजेट छुट्याइएको छ । ताल, पोखरी र चौतारी संरक्षणका लागि आगामी आवमा निरन्तरता दिने महानगरपालिकाले जनाएको छ ।

कालिका पोखरी तथा कश्यप ताल संरक्षणको लागि डिपिआरअनुरुप निर्माण शुरु गर्न बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश