२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दमकको बजेट एक अर्ब ३१ करोड

११ असार २०७७, बिहीबार ०४:५०

असार ११, दमक।  झापाको माइपश्चिम क्षेत्रका आधा दर्जन पालिकाले बुधबार आ–आफ्ना नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेका छन् । जिल्लाको माइपश्चिमको मुख्य व्यापारिकस्थल दमक नगरपालिकासहित गौरादह, शिवसताक्षी नगरपालिका र कमल तथा गौरीगञ्ज गाँउपालिकाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् । 

दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोड ३० लाख ३५ हजारको बजेट विनियोजन गरेको छ । सातौँ नगरसभाको उद्घाटनमा नगर उपप्रमुख गीता अधिकारीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्नुभयो । जसमध्ये चालुतर्फ रु ७७ करोड ७७ लाख ६५ हजार र पूँजीगततर्फ रु ५३ करोड ५२ लाख ७० हजार विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले कोरोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाइएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा छुटसहित राहतका कार्यक्रमसमेत राखिएको छ । 

त्यसैगरी आगामी आर्थिक वर्षमा स्वरोजगार र उद्यमशीलतालाई समेत विकास गर्ने लक्ष्य राखिएको छ । लकडाउनका कारण ठप्प शैक्षिक गतिविधिलाई पनि चलयमान बनाउन बजेट केन्द्रित रहेको उपप्रमुख अधिकारीले बताउनुभयो । प्रस्तुत नीति तथा कार्यक्रम नगरसभा सदस्यको सुझाव र रायसहित सर्वसम्मत पारित गरिएको थियो । नगरसभा सदस्यले उठाएका प्रश्न र सुझावको नगरका नगर प्रमुख रोमनाथ ओलीले जवाफ दिनुभएको थियो । नगरसभाको अर्को बैठक असार १३ गते बस्ने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिनुभयो ।

कमलको बजेट रु ८१ करोड ८५ लाख

कमल गाउँपालिकाको सातौँ गाउँसभा आजदेखि शुरु भएको छ । गाउँसभा उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । 

यस्तै गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले आगामी आर्थिक वर्षका लागि रु ८१ करोड ८५ लाख ९१ हजार ७९९ को अनमानित आय–व्यय (बजेट) प्रस्तुत गर्नुभयो । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो । दुर्गा ढुङ्गेललाई सर्वोत्कृष्ट तथा दुर्गा कार्की, बाबुराम थुलुङ्, गौरीशङ्कर ओली र सुवास दाहाललाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको हो । 

गाउँसभाको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको थियो । सो क्रममा उहाँले आगामी दुई वर्षभित्रमा यस क्षेत्रमा आधारभूत आवश्यकताको रुपमा रहेका पूर्वाधार निर्माणको काम पूरा गरिने बताउनुभयो । तीन वर्षको अवधिमा कानून निर्माण, पूर्वाधार निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिएको भन्दै अबको दुई वर्षमा बाँकी रहेका काम पूरा गर्ने उहाँको भनाइ थियो । 

गौरीगञ्जमा नीति तथा कार्यक्रम प्रस्तुत

गौरीगञ्ज गाउँपालिकाको छैटौँ गाउँसभामार्फत आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम आज प्रस्तुत भएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले छैटौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमको दीपप्रज्जवलन गरीे औपचारिक उद्घाटन तथा उपाध्यक्ष दीपेन्द्र थापाले गत वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन पक्षलाई समेत समीक्षा गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

गौरीगञ्ज गाउँपालिकाको ‘कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारमा उन्नति, पूर्वाधार विकाससहित गौरीगञ्जको समुन्नति’ भन्ने नारालाई निरन्तरता दिँदै त्यसअनुरुप नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, साना तथा मझौला उद्योग स्थापनामा जोड दिइएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा कृषिलाई आधुनिकरण, सामूहिक खेती, स्थानीय उत्पादनलाई प्रोत्साहन, व्यावसायिक पशुपंक्षीपालन, दीर्घकालीन भौतिक संरचना तथा शिक्षाको गुणस्तर बढाउन नमूना विद्यालयको विकास गर्ने, कोभिड–१९ को महामारीलाई नियन्त्रण र रोकथाम गर्ने, विपन्न परिवार तथा पशु विमालाई प्राथमिकता दिनेलगायत नीति तथा कार्यक्रममा समेटिएका छन् ।

शिवसताक्षीको बजेट एक अर्ब एक करोड ७५ लाख 

यसैगरी, झापाको शिवसताक्षी नगरपालिकाले छैटौँ नगरसभा आजदेखि शुरु भएको छ । सभाको प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभयो । नगरसभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले नगरको चौतर्फी विकासमा नगरपालिकासँग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

नगर उपप्रमुख भोजकुमारी नेपालले सभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक वर्षको नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यका निमित्त चालु खर्च, पूँजीगत खर्च र वित्तीय समानीकरणको रकमसमेत गरी रु एक अर्ब एक करोड ७५ लाख ६५ हजार २७० को बजेट सार्वजनिक गर्नुभयो ।

उपप्रमुख नेपालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरका विपन्न परिवार केन्द्रित छ । नगरभित्र रहेका घरका फुसका छाना हटाएर जस्तापाता लगाउनेदेखि लिएर विपन्नलाई सीप र रोजगार उपलब्ध गराई बेरोजगार समस्या समाधानसम्म गर्ने कार्यक्रम उल्लेख छ । कृषिलाई आधुनिकीकरण, सामूहिक खेती, व्यावसायिक खेती, यान्त्रिकीकरण र जैविक खेतीमा जोड, कृषिसँग सम्बन्धित घरेलु तथा मझौला उद्योगलाई प्रोत्साहन तथा स्थापनासमेत गरिने कार्यक्रममा जनाइएको छ । 

व्यावसायिक पशुपंक्षीपालनलाई प्रोत्साहन, कृषि तथा पशुजन्य खेतीमा हुने दैवी प्रकोपबाट हुने क्षतिलाई राहत कोषको स्थापना, कोभिड १९ नियन्त्रणलाई प्राथमिकता, विदेशबाट फर्किएकालाई कृषि, पशु तथा घरेलु उद्योगमा प्रोत्साहन, पशु बीमा कार्यक्रम दीर्घकालीन भौतिक संरचना सडक, पुल, ढल, भवनमा जोड दिने, लक्षित वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि सारिने पनि उहाँले बताउनुभयो ।

नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको सभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले गर्नुभएको थियो भने लामो समयदेखि कार्य गरेर सेवा पुर्याएको भन्दै वडा नम्बर २ का सचिव पदम कँुवरलाई नगद रु १० हजारसहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य