८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लमजुङको नाल्मा गैरीगाउँमा एक घर एक धारा

११ असार २०७७, बिहीबार ०४:५४

असार ११, लमजुङ। बेँसीशहर नगरपालिका –५ नाल्मा गैरीगाउँमा एक घर एक धारा जडान गरिएको छ । नगरपालिकाले सो अभियानलाई तीव्रता दिँदै ४२ घरधुरी रहेको नाल्मा गैरीगाउँमा घरघरै धारा पुर्याएको छ । 

एक घर एक धारा खानेपानी आयोजनाको बुधबार उद्घाटन गर्दै  नगरपालिका प्रमुख गुमानसिंह अर्यालले खानेपानीको अभाव र समस्या भएका सबै ठाउँमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।  वडाध्यक्ष अध्यक्ष बमबहादुर गुरुङले घरघरमै धारा जडानले वडाबासीको समय बचत हुनाका साथै सहज बनाएको बताउनुभयो । पहिला सार्वजनिक धारामा सबै गाउँलेले पालो कुरेर पानी भर्ने गरेकामा अहिले   घरमै धारा जडान गरेर पानी प्रयोग गर्न पाउँदा धेरै खुशी लागेको स्थानीयवासी मनराज परियारले बताउनुभयो । 

नगरपालिकाले चालु वर्षको बजेट रु आठ लाख र श्रमदान रु दुई लाख  ८१ हजार बराबर गरी रु १० लाख ८१ हजारमा गैरीगाउँमा घरघरमै खानेपानीको धारा पुर्याएको हो । एक घर एक धारा अभियानबाट ४२ घरपरिवार लाभान्वित भएका छन् । उक्त वडामा गत वर्ष दलितबस्तीका १९ घर र घरेडीकोँका नौ घरमा एक घर एक खानेपानी जडान गरिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता