२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँझो जग्गा राख्नेलाई जरिवाना

२०७७, ११ असार बिहीबार ०५:०७

असार ११, ललितपुर । गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा बाँझो जग्गा राख्ने नगरवासीलाई आनामा रु एक सयका दरले जरिवाना गराउने भएको छ । “कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरीलाई समृद्ध बनाउने हाम्रो रहर” भन्ने मूल नाराका साथ नगरपालिका उपप्रमुख मुना अधिकारीले बुधबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहन गर्न प्रतिआनामा रु एकसय जरीवाना गराई सो सम्बन्धमा सूचना दिनेलाई २५ प्रतिशत पुरस्कार दिने घोषणा गर्नुभयो । 

यसैगरी गोदावरीले स्थानीय कुखुरा प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न प्रत्येक वडामा युवा रोजगारी कार्यक्रम, कम्तीमा पाँच रोपनीभन्दा माथि व्यावसायिक खेती गर्ने कृषक समूह तथा वैदेशिक रोजगारीबाट फर्केका स्थानीय नगरवासी र कृषि तथा पशु फार्मलाई मल तथा बीउमा ५० एवं कृषि तथा पशु फार्म पूर्वाधार निर्माणका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराउने भएको  छ । 

गोदावरीले “जमीनको आम्दानी जमीनमा नै लगानी”भन्ने मान्यतालाई आत्मसात् गर्दै मालपोत भूमिकरबाट प्राप्त आम्दानीलाई कृषि क्षेत्रमा लगानी, सहकारीमार्फत सम्भाव्यताको आधारमा “एक पालिका एक उत्पादन” ढाँचामा जग्गा बाँझो नहुने गरी सहकारी खेती फार्मको प्रवद्र्धनमा पहल र यसका लागि माटो तथा हावापानीको परीक्षण अघि बढाउने भएको छ ।

गोदावरीले विद्यालय शिक्षा सुधारका लागि कक्षा १ मा २५ जनाभन्दा बढी विद्यार्थी भर्ना गराई अन्तिम परीक्षामा समेत सहभागी गराउने विद्यालयलाई रु २० हजारको दरले प्रोत्साहन अनुदानको व्यवस्था मिलाउनाका साथै प्रारम्भिक बाल विकास शिक्षकलाई प्रतिमहिना प्रतिशिक्षक रु एक हजारका दरले पारिश्रमिक दिने र मातृभाषामा प्राथमिक शिक्षा  दिने व्यवस्थाको पहल गर्ने भएको छ । 

सत्तरी वर्ष नाघेका  नागरिकलाई आगामी आर्थिक वर्षदेखि बज्रवाराही चापागाउँ अस्पतालबाट निःशुल्क स्वास्थ्य सुविधा प्रदान गर्ने तथा “आफ्नो शहर आफैँ सफा गरौँ” भन्ने मान्यताका साथ हरेक वडामा सञ्चालित सरसफाइ कार्यक्रमलाई पनि निरन्तरता दिनाका साथै चार स्थानमा व्यायामशाला निर्माण र योग शिविरलाई सबै वडामा विस्तार गरिने भएको छ । 

वडा नं १० भागावनमा हनुमानको मूर्तिसहित पर्यटकीयस्थल निर्माण, पुरातात्विक शैलीमा घर निर्माण गरिएमा रु एक लाख विशेष सहुलियत, नगरपालिकाभित्र हरियाली प्रवद्र्धन र वातावरण संरक्षणका लागि फोहरमैला व्यवस्थापन, सडक किनारामा बिरुवा रोपणका साथै एक घर एक बिरुवालाई निरन्तरता, युवा पुस्तालाई जडिबुटी खेतीमा संलग्न गराइने र नगरपालिकाका  हरेक वडामा एक सयका दरले बिरुवा उपलब्ध गराउने निर्णय गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो