२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यास नगरपालिकाको बजेट रु एक अर्ब ५२ करोड

२०७७, ११ असार बिहीबार ०५:५३

असार ११, दमौली। तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित ३३ औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय विवरण सार्वजनिक गर्नुभएको हो । चालु आर्थिक वर्षमा कोरोना भाइरसका कारणले राजस्व सङ्कलन, अनुदान प्राप्त अवस्था निरासाजनक भएकाले विकास आयोजनामा गति लिन नसक्दा सम्झौता भइसकेका तर सम्पन्न हुन नसकेका अधुरा योजनाका लागि रु २० करोड ८० लाख ८७ हजार बजेट विनियोजन गरिएको उपप्रमुख जोशीले जानकारी दिनुभयो ।

नगर र वडास्तरीय सडक आयोजनाका लागि रु १७ करोड ४३ लाख २५ हजार, खानेपानीतर्फ रु चार करोड ६५ लाख ९५ हजार, कृषि सिँचाइतर्फ रु पाँच करोड ५७ लाख, शिक्षा, युवा तथा खेलकूदतर्फ रु ४४ करोड ८३, स्वास्थ्य तथा सरसफाइतर्फ रु नौ करोड ८६ लाख ८७ हजार बजेट विनियोजन गरिएको छ । नवीकरणीय ऊर्जा, सडक बत्ती विस्तार एवं व्यवस्थापनतर्फ रु ५३ लाख ८० हजार, गाउँनगर साझेदारी कोष सञ्चालनका लागि रु एक करोड ६४ लाख, दलित उत्थान, आदिवासी जनजाति, अन्य विपन्न वर्ग, अपाङ्गता, मुस्लिम समुदाय, महिला नेतृत्व तथा सीप विकासतर्फ रु एक करोड तीन लाख विनियोजन गरिएको छ । दुम्सीचौरस्थित नारेश्वर ताल निर्माणका लागि रु एक करोड ५० लाख र मादी नदी बहुउद्देश्यीय विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि रु ७० लाख बजेट विनियोजन गरिएको छ । 

नगरपालिकाले पूँजीगततर्फ रु ६२ करोड ७१ लाख ९८ हजार र चालु खर्चतर्फ रु ९० करोड २५ लाख ५३ हजार बजेट विनियोजन गरेको उपप्रमुख जोशीले जानकारी दिनुभयो । नगरपालिकाले सङ्घ र प्रदेशबाट प्राप्त सशर्त अनुदान र विभिन्न शीर्षकमा आगामी वर्षका लागि आम्दानीसमेत सार्वजनिक गरेको छ । जसअनुसार नगरपालिकालाई सङ्घ सरकारको सशर्त अनुदानमार्फत रु ५२ करोड ७७ लाख, सञ्चित कोष अल्याबाट रु २० करोड ५६ लाख ६४ हजार, सङ्घ सरकारको वित्तीय समानीकरण अनुदानबाट रु १८ करोड ६९ लाख, आन्तरिक स्रोतको आयबाट रु १६ करोड, सङ्घ सरकारको सामाजिक सुरक्षा अनुदानबाट रु १५ करोड १२ लाख ४१ हजार, सङ्घ सरकारको राजस्व बाँडफाँटबाट रु १२ करोड ८९ लाख ४० हजार र राजस्व बाँडफाँटअन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु पाँच करोड आम्दानी हुने अनुमान गरिएको छ । 

त्यस्तै सङ्घ समपूरक अनुदानबाट रु दुई करोड ५० लाख, सङ्घ विशेष अनुदानबाट रु दुई करोड, गाउँ नगर साझेदारी कोषबाट रु एक करोड ६४ लाख, प्रदेश वित्तीय समानीकरण अनुदानबाट रु एक करोड ३१ लाख ४३ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु एक करोड १२ लाख ४४ हजार, प्रदेशको विशेष अनुदानबाट रु एक करोड र सङ्घबाट वडा स्वास्थ्य संस्था भवन निर्माण अनुदानबाट रु ९२ लाख ८७ हजार आम्दानी हुने अनुमान गरिएको छ । 

त्यस्तै सङ्घ सरकारको सडक बोर्ड नेपालबाट रु ७० लाख, जनसहभागिता नगदबाट रु ५० लाख, मूल्य शृङ्खला कार्यक्रम अनुदानबाट रु १२ लाख, सङ्घ सरकारको गरिबसँग विश्वेश्वर कार्यक्रमबाट रु पाँच लाख ४६ हजार, सङ्घ सरकारको एलजिसिडिपी कार्यक्रमबाट रु तीन लाख ५० हजार र सङ्घ सरकारको रोयल्टीबापत रु एक लाख ३६ हजार आम्दानी हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्ष ०७६/०७७ को जेठ मसान्तसम्म कूल यथार्थ आय रु एक अर्ब २५ करोड ८७ लाख ८० हजार ८५२ र कूल व्यय रु ९७ करोड ६६ लाख ९३ हजार २३२ रहेको उपप्रमुख जोशीले जानकारी दिनुभयो । 

नगर क्षेत्रभित्रको करको आधार फराकिलो पार्दै आन्तरिक राजस्व वृद्धि गर्न कर तथा गैरकर राजस्वको अधिकतम परिचालन गर्ने नीति लिइएको उपप्रमुख जोशीले बताउनुभयो । कृषि व्यवसायसँग सम्बन्धित पशुपंक्षी, माछा, फलफूल, तरकारी, दूध आदिमा स्थानीय उत्पादनमा लाग्ने कर नलिने निर्णयलाई निरन्तरता दिइएको छ । साथै दुग्ध सहकारीमार्फत बिक्री हुने दूधमा प्रतिलिटर रु एक र सहकारीमार्फत बिक्री हुने खसीबोकामा प्रतिकिलो रु दश सम्बन्धित किसानलाई अनुदान दिने कार्यक्रम निरन्तरता दिइएको उपप्रमुख जोशीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो