८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँमा जग्गाको मूल्य प्रतिआना ४ लाखदेखि ५० लाख रुपैयाँसम्म, कुन क्षेत्रको कति ? (हेर्नुहोस्)

११ असार २०७७, बिहीबार ०६:२५

असार ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोनाभाइरसको संक्रमणका कारण काठमाडौंको जग्गाको मूल्याङ्कन स्थिर राखेको छ । काठमाडौँ महानगरपालिकाको सातौँ नगरसभाको दोस्रो अधिवेशनमा पेश गरिएको महानगरको आर्थिक ऐनमा आर्थिक वर्ष २०७७/७८ को लागि महानगर क्षेत्रभित्रको जग्गाको मूल्याङ्कन स्थिर राखिएको हो ।

महानगरको प्रस्तावित आर्थिक ऐनमा काठमाडौं महानगर क्षेत्रभित्र जग्गाको प्रतिआना न्यूनतम ४ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ । यस्तो मूल्य जग्गा रहेको ठाउँ र जग्गाले छोएको बाटोको चौडाईका आधारमा तय गरिएको हो ।

महानगरपालिकाले महानगपालिका क्षेत्रभित्रका जग्गाहरूको सम्पत्ति कर मूल्यांकन प्रयोजनका लागि मूल्य कायम गरेको हो । केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपार्टी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालयपूर्व सूरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पुर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसँग जोडिएका, महेन्द्रसालिकदेखि काठमाडौं प्लाजासम्म मूलसडकसंग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ५० लाख छ। 

त्यस्तै माइतीघर, सिहदरबार पश्चिमगेट, पूतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मूलसडकसंग जोडिएका दायाँबायाँका जग्गाहरुको मुल्य पनि प्रतिआना ५० लाख रुपैयाँ छ। 

जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वरसम्मको मूलसडकसंग जोडिएका दायांवायांका जग्गाहरु, रत्नपार्क, पुरानो बसपार्क, शहीदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरु पनि सबैभन्दा महंगो देखिएको छ।

काठमामाडौंमा जग्गाको मूल्य हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता