२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँमा जग्गाको मूल्य प्रतिआना ४ लाखदेखि ५० लाख रुपैयाँसम्म, कुन क्षेत्रको कति ? (हेर्नुहोस्)

२०७७, ११ असार बिहीबार ०६:२५

असार ११, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोनाभाइरसको संक्रमणका कारण काठमाडौंको जग्गाको मूल्याङ्कन स्थिर राखेको छ । काठमाडौँ महानगरपालिकाको सातौँ नगरसभाको दोस्रो अधिवेशनमा पेश गरिएको महानगरको आर्थिक ऐनमा आर्थिक वर्ष २०७७/७८ को लागि महानगर क्षेत्रभित्रको जग्गाको मूल्याङ्कन स्थिर राखिएको हो ।

महानगरको प्रस्तावित आर्थिक ऐनमा काठमाडौं महानगर क्षेत्रभित्र जग्गाको प्रतिआना न्यूनतम ४ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ । यस्तो मूल्य जग्गा रहेको ठाउँ र जग्गाले छोएको बाटोको चौडाईका आधारमा तय गरिएको हो ।

महानगरपालिकाले महानगपालिका क्षेत्रभित्रका जग्गाहरूको सम्पत्ति कर मूल्यांकन प्रयोजनका लागि मूल्य कायम गरेको हो । केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपार्टी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालयपूर्व सूरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पुर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसँग जोडिएका, महेन्द्रसालिकदेखि काठमाडौं प्लाजासम्म मूलसडकसंग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ५० लाख छ। 

त्यस्तै माइतीघर, सिहदरबार पश्चिमगेट, पूतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मूलसडकसंग जोडिएका दायाँबायाँका जग्गाहरुको मुल्य पनि प्रतिआना ५० लाख रुपैयाँ छ। 

जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वरसम्मको मूलसडकसंग जोडिएका दायांवायांका जग्गाहरु, रत्नपार्क, पुरानो बसपार्क, शहीदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरु पनि सबैभन्दा महंगो देखिएको छ।

काठमामाडौंमा जग्गाको मूल्य हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश