२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मादी गाउँपालिकाद्वारा जनप्रतिनिधिको लगायतको बैठक भत्ता कटौती

११ असार २०७७, बिहीबार ०९:००

कृष्ण दवाडी। असार ११, कास्की। कास्कीको मादी गाउँपालिकाले कोभिड–१९को कारणले गाउँपालिकाको अर्थतन्त्र प्रभावित भएको जनाउँदै जनप्रतिनिधिको लगायतको बैठक भत्ता कटौती गरेको छ ।

गाउँपालिका उपाध्यक्ष विष्णुमायाँ आचार्यले बुधबार गाउँसभामा प्रस्तुत गरी सभाबाट पारित आर्थिक वर्ष २०७७÷०७८ वार्षिक बजेट कार्यक्रममा कोरोनाका कारणबाट शिथिल हुन पुगेको गाउँपालिकाको अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि गाउँपालिकाबाट आयोजना गरिने सवै प्रकारका बैठकको भत्ता कटौती गरिने उल्लेख छ ।

उहाँले गाउँपालिकाकाले आयोजनामा हुने विभिन्न बैठकमा सहभागी भए बापत दिइदै आइएको कर्मचारी, जनप्रतिनिधि लगायत सबैको भत्ता खारेज गरिएको जानकारी दिँदै बजेट तर्जुमा गर्दा गाउँपालिकाको आन्तरिक स्रोतको परिचालन मार्फत राजश्व अभिवृद्धि गरी तत्काल रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी हुने कार्यक्रम तर्जुमा गरिएको उल्लेख गर्नुभयो ।

गाउँपालिकाले वर्तमान अवस्थामा रोजगारी सिर्जना, कृषि तथा पशुपालनको क्षेत्रमा लगानीको सुनिश्चितता, पूर्वाधार विकास क्षेत्रमा स्थानीय स्रोत, साधन तथा मानवीय स्रोतको भरपूर परिचालन गरी रोजगारी वृद्धिको लक्ष्य सहित आगामी वर्षका लागि रु ६५ करोड ७४ लाख ७२ हजार ५४८ को बजेट पारित गरेको छ ।

सो गाउँपालिकाले चालू आवमा गाउँपालिका तथा वडा कार्यालयबाट संचालन हुने गरी स्वीकृत योजना तथा कार्यक्रम कोभिड–१९ का कारण सिर्जित अवस्थाबाट प्रभावित भई सञ्चालन हुन नसकेका योजना तथा कार्यक्रमलाई आगामी आवमा क्रमागतमा राखी सञ्चालन हुने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले कृषि विकास, पशुपालन तथा उद्यम विकास मार्फत अधिकतम रोजगारीका अवसर सृजना गर्ने, विदेशबाट फर्केका युवाहरुलाई स्वदेशमा नै स्वरोजगार हुन प्रेरित गर्ने, कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थापन तथा पालिका केन्द्र र वडा केन्द्रहरुलाई जोड्ने रणनीतिक महत्वका सडकहरुको स्तरोन्नति तथा गाउँपालिका प्रशासकीय भवन, वहुउद्देश्यीय भवन,विद्यालय भवन लगायतका संरचनाहरु निर्माणलाई बजेटमा प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाको प्रशासकीय भवन, वडाहरुको कार्यालय भवन,सामुदायिक भवन निर्माण र अन्य भवन संरचना निर्माण तथा मर्मतका लागि रु पाँच करोड ३५ लाख, गाउँपालिकाको प्रस्तावित चक्रपथ याङ्जाकोट–तोगी–वार्चोक–भाचोक–नागिधार–पोशी–पक्र्यु सडकको वाँकी ट्रयाक खोल्नका लागि रु. २० लाख तथा स्थानीयस्तरका सडकहरुको निर्माण तथा स्तरोन्नति, नयाँ ट्रयाक खोल्न र गोरेटो वाटो सुधारको लागि रु दुई करोड १६ लाख सहित पूर्वाधार कार्यक्रममा रु १८ करोड विनियोजन गरिएको छ ।

पशु धन तथा वागवानी विकासका कार्यक्रमका लागि रु १८ लाख ७० हजार, अध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमको लागि रु ५० लाख, कृषि तथा पशुपालन अनुदान, औजार उपकरण तथा कृषि प्रर्वद्धन गरी रोजगारी सिर्जनाका लागि रु ६४ लाख विनियोजन गरिएको छ ।

आय आर्जन सम्वन्धी कार्यक्रम तथा सचेतनामूलक तालिमका लागि रु. ५३ लाख ७४ हजार तथा  कृषि तथा पशु औजार उपकरण वितरण अनुदान र कृषि तर्फको सामान्य पूर्वाधार निर्माण सुधारका लागि रु २५ लाख ३० हजार विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी सामाजिक विकासतर्फ रु ३३ करोड ३६ लाख ९१ हजार विनियोजन गरिएको छ । एक घर एक धारा निर्माण तथा खानेपानी आयोजनाहरुको मर्मत सुधारको लागि रु ३३ लाख ८० हजा, युवा, खेलकुद तथा संस्कृति संरक्षण तर्फ रु १७ लाख, उपाध्यक्षसँग महिला बालवालिका तथा अपाङ्गता भएका व्यक्ति लक्षित कार्यक्रमको लागि रु १५ लाख, लक्षित कार्यक्रममा रु ४६ लाख तथा विद्यालयको कार्यसम्पादनमा आधारित अनुदान, स्वास्थ्य संस्था तलव अनुदान र महिला स्वास्थ्य स्वंय सेविका प्रोत्साहन भत्ता समेत गरी रु. ५२ लाख प्रस्ताव गरिएको छ ।

कोरोना भाइरसको प्रकोप रोकथाम, नियन्त्रण तथा व्यवस्थापन तथा अन्य विपद व्यवस्थापन कार्यमा खर्च गर्ने गरी प्रकोप व्यवस्थापन कोषमा रु एक करोड तथा विपद् व्यवस्थापन सम्वन्धी अभिमूखीकरण, भू–क्षय नियन्त्रण, नदी नियन्त्रण, सरसफाई सम्वन्धी कार्यक्रमहरु संचालन गर्न रु २० लाख ८५ हजार बजेट छुट्टाइएको गाउँपालिकाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ