८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घरभाडामा छुट दिन आग्रह

१२ असार २०७७, शुक्रबार ०३:१०

असार १२, कास्की | पोखरा उद्योग वाणिज्य सङ्घले घरभाडामा छुट दिन घरधनीसँग आग्रह गरेको छ । सङ्घका महासचिव अर्जुन पोखरेलले चार महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै भाडा छुट दिन आग्रह गर्नुभएको छ । 

“सहज परिस्थिति हुँदा नियमित भाडा तिरेको स्मरण गर्दै असहज परिस्थितिमा व्यवसायीलाई जोगाउनु घरधनीको पनि कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ, “घरभाडा चुक्ता नगरेकै कारण व्यवसायी नै पलायन हुनुपर्ने अवस्था सिर्जना हुनु घरधनीको लागि पनि राम्रो हैन । घर खाली गराउँदैमा समस्याको समाधान हुने पनि हैन ।”

यथासम्भव निश्चित अवधिको भाडा मिनाहा एवं अनुकूल समयमा भुक्तानी गर्ने सहमति कायम गर्दै व्यवसाय टिकाउनका लागि घरधनीबाट विशेष योगदान हुनुपर्ने भन्दै सङ्घले घरभाडा छुट दिने घरधनीलाई कर छुटको व्यवस्था गर्न सरोकारवालासँग आग्रहसमेत गरेको छ ।

सङ्कटको यो घडीमा आर्थिक र मानसिक समस्यामा परेका आफ्ना ग्राहकका लागि कर्जाको किस्ता र ब्याज भुक्तानीको लागि समयसीमा बढाउन एवं ब्याजदर घटाउन सम्पूर्ण बैंक था वित्तीय संस्था पनि सङ्घले अनुरोध गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता