८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङका दशवटै स्थानीय तहका नीति तथा कार्यक्रम प्रस्तुत

१२ असार २०७७, शुक्रबार ०३:१२

असार १२, खोटाङ | जिल्लाका दशवटै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै प्रकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ७६ करोड ९० लाख २७ हजार बराबरको बजेट ल्याएको छ । हलेसी तुवाचुङ नगरपालिकाले रु ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । 

यस्तै, साकेला गाउँपालिकाले रु ३० करोड ७७ लाख ४४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले रु ५१ करोड ४२ लाख सात हजार, जन्तेढुङ्गा गाउँपालिकाले रु ३३ करोड ३० लाख २७ हजार र ऐसेलुखर्क गाउँपालिकाले रु ४० करोड ८४ लाख ५२ हजार बराबरको बजेट पेश गरेको छ । बराहपोखरी गाउँपालिकाले रु २८ करोड ३५ लाख ६९ हजार, केपिलासगढी गाउँपालिकाले रु ३३ करोड ८५ लाख ३४ हजार, रावाबेँसी गाउँपालिकाले रु २९ करोड ७७ लाख ९५ हजार र खोटेहाङ गाउँपालिकाले रु ४८ करोड १८ लाख ५९ हजार बजेट ल्याएको छ ।

जिल्लाका नौ स्थानीय तहले बुधबार तथा खोटेहाङ गाउँपालिकाले बिहीबार नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । भगवती दिनानाथ माविका सहायक प्रधानाध्यापक एवं नेपाल शिक्षक महासङ्घ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन भएपछि खोटेहाङ गाउँपालिकाले गाउँसभा एक दिनपछि सारेको हो । 

जिल्लाका अधिकांश स्थानीय तहले यस वर्ष पनि भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेका छन् । मध्यपहाडी लोकमार्गबाहेक अन्य सबै सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएकाले अधिकांश स्थानीय तहले आ–आफ्नो क्षेत्रका सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ । 

जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) स्थानीय तह साकेला गाउँपालिकाले भने, आर्थिक तथा सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त गाउँपालिकाका अधिकांश भौतिक पूर्वाधार विकासमा सङ्घ तथा प्रदेश सरकारको लगानी रहेकाले पालिकामा आएको रकम आर्थिक तथा सामाजिक विकासमा लगानी गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता