२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङका दशवटै स्थानीय तहका नीति तथा कार्यक्रम प्रस्तुत

२०७७, १२ असार शुक्रबार ०३:१२

असार १२, खोटाङ | जिल्लाका दशवटै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै प्रकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ७६ करोड ९० लाख २७ हजार बराबरको बजेट ल्याएको छ । हलेसी तुवाचुङ नगरपालिकाले रु ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । 

यस्तै, साकेला गाउँपालिकाले रु ३० करोड ७७ लाख ४४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले रु ५१ करोड ४२ लाख सात हजार, जन्तेढुङ्गा गाउँपालिकाले रु ३३ करोड ३० लाख २७ हजार र ऐसेलुखर्क गाउँपालिकाले रु ४० करोड ८४ लाख ५२ हजार बराबरको बजेट पेश गरेको छ । बराहपोखरी गाउँपालिकाले रु २८ करोड ३५ लाख ६९ हजार, केपिलासगढी गाउँपालिकाले रु ३३ करोड ८५ लाख ३४ हजार, रावाबेँसी गाउँपालिकाले रु २९ करोड ७७ लाख ९५ हजार र खोटेहाङ गाउँपालिकाले रु ४८ करोड १८ लाख ५९ हजार बजेट ल्याएको छ ।

जिल्लाका नौ स्थानीय तहले बुधबार तथा खोटेहाङ गाउँपालिकाले बिहीबार नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । भगवती दिनानाथ माविका सहायक प्रधानाध्यापक एवं नेपाल शिक्षक महासङ्घ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन भएपछि खोटेहाङ गाउँपालिकाले गाउँसभा एक दिनपछि सारेको हो । 

जिल्लाका अधिकांश स्थानीय तहले यस वर्ष पनि भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेका छन् । मध्यपहाडी लोकमार्गबाहेक अन्य सबै सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएकाले अधिकांश स्थानीय तहले आ–आफ्नो क्षेत्रका सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ । 

जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) स्थानीय तह साकेला गाउँपालिकाले भने, आर्थिक तथा सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त गाउँपालिकाका अधिकांश भौतिक पूर्वाधार विकासमा सङ्घ तथा प्रदेश सरकारको लगानी रहेकाले पालिकामा आएको रकम आर्थिक तथा सामाजिक विकासमा लगानी गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश