२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नुवाकोटका स्थानीय तहको छ अर्बको बजेट, कुन स्थानीय तहमा कति ?

२०७७, १२ असार शुक्रबार ०३:२८

असार १२, नुवाकोट | जिल्लामा सबै स्थानीय तहहरुले गाउँ/नगरसभा सम्पन्न गरेका छन् । बुधबार स्थानीय तहहरुमा आयोजित सभामा जिल्लामा १२ वटै स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट पेश भएको हो । जिल्लाका सबै स्थानीय तहमा गरी रु छ अर्ब सात करोड ९० लाखको बजेट प्रस्तुत गरेका छन् । सबैभन्दा बढी विदुर नगरपालिकाको रु एक अर्ब आठ करोड बजेट पेश भएको छ । 

बेलकोटगढी नगरपालिकाको रु ९९ करोड ९३ लाखको बजेट पेश भएको छ । शिवपुरी गाउँपालिकाले रु ४९ करोड २५ लाख, ककनी गाउँपालिकाले रु ४३ करोड, दुप्चेश्वर गाउँपालिकाले रु ४१ करोड, पञ्चकन्या गाउँपालिकाले रु ४० करोड ९३ लाख, किस्पाङ गाउँपालिकाले रु ४० करोड दुई लाख, तारकेश्वर गाउँपालिकाले रु ३९ करोड ६८ लाख, सूर्यगढी गाउँपालिकाले रु ३८ करोड १२ लाख, लिखु गाउँपालिकाले रु ३७ करोड ७८ लाख, तादी गाउँपालिकाले रु ३६ करोड १९ लाखको बजेट कार्यक्रम सभामा पेश गरेका छन् ।

जिल्लामा सबैभन्दा कम म्यागङ गाउँपालिकाको बजेट ३४ करोड गाउँसभामा पेश भएको छ । पेश भएको नीति तथा कार्यक्रम र बजेट केहीले पारित गरिसकेका छन् भने केही स्थानीय तहले छलफलपछि पारित गरिने जनाएका छन् । सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेटमा सबै पालिकाले कोरोनालाई प्राथमिकता दिएर कार्यक्रम राखेका छन् । कृषि क्षेत्र, सडकलगायत पूर्वाधार विकासमा बजेट धेरै विनियोजन गरेको पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश