८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मालिकामा ‘गाउँमै कमाउने, गाउँमै रमाउने’ अभियान

१२ असार २०७७, शुक्रबार ०४:४४

असार १२, म्याग्दी | पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले काम र रोजगारीको अवसर सिर्जना गर्ने गरी गाउँपालिकामा भूमि बैंकको स्थापना गरेको छ । कोभिड–१९ ले रोजगारी खोजिएपछि गाउँ फर्किने युवा तथा महिला उद्यमीलाई आत्मनिर्भर बनाउन गाउँपालिकाभित्र बाँझो जमिनलाई सदुपयोग गर्न १० लाख बजेट विनियोजन गरी भूमि बैंक स्थापना गरेको हो । 

यसका लागि गाउँपालिकाकाले ‘गाउँमै कमाउँ, मालिकामै रमाउँ’ अभियान शुरु गरेको छ । अभियानअन्तर्गत सामूहिक व्यवसायका लागि बाँझो जग्गा प्रयोग, पकेट क्षेत्र, औजार खरिदलगायत विभिन्न उत्पादनमुखी क्षेत्रमा सघाउने गरी ८५ लाख ९७ हजार विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताउनुभयो । 

“गाउँ फर्किएकालाई गाउँमै रोक्ने अभियान छ”, “अब कृषि र पशुपालनमा अनुदानलाई प्रोत्साहन गर्छौं”, उहाँले भन्नुभयो । गाउँपालिकाले केही वडामा बाँझो जमिनको सदुपयोग शुरू गरिसकेको छ । बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा बसेको सातौँ गाउँसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का रु ४१ करोड ५४ लाख १० हजार ९४९ बराबरको बजेट पारित गर्दै कृषि, पशुपालनका साथै पर्यटनको क्षेत्रमा समेत उच्च प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । “अब सम्भावना भएका क्षेत्रमा लगानी केन्द्रित नगरी समृद्ध गाउँपालिका बनाउन सकिँदैन्”, “यसपटक रोजगार सिर्जना गर्नेतर्फ ध्यान दिन्छौँ”, अध्यक्ष रोकाले भन्नुभयो । उहाँले गाउँपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणमा समेत सघाउने बताउनुभयो । 

गाउँपालिकाले रु १३ करोड ६५ लाख पूँजीगत र पाँच करोड ५० लाख चालुतर्फ विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा बजेटलाई उच्च प्राथमिकता दिए पनि रोजगारमूलक अभियानलाई विगतमा जस्तो हेलचेक्राइँ नगरिएको भन्दै बजेट कार्यान्वयनले समेत थप सहज हुने जनप्रतिनिधिको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले पर्यटन क्षेत्रतर्फ मालिका–५ हकलानडाँडामा वुद्ध स्तुपाको निर्माण र प्रसिद्ध मालिका मन्दिरमा कलात्मक मूर्तिसहित सम्रग गाउँपालिकाभित्रको पर्यटन विकासमा रु ६३ लाख ७० हजार विनियोजन गरिएको बताउनुभयो । 

त्यस्तै दरबाङको छ्यारछ्यारेमा निर्माणाधीन अवस्थामा रहेको खेलमैदानलाई प्रदेशस्तरीय साझेदारी कार्यक्रमअन्तर्गत रु ५० लाख र विषद् कोषमा रु एक करोड ७६ लाख १३ हजार विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता