२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मालिकामा ‘गाउँमै कमाउने, गाउँमै रमाउने’ अभियान

२०७७, १२ असार शुक्रबार ०४:४४

असार १२, म्याग्दी | पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले काम र रोजगारीको अवसर सिर्जना गर्ने गरी गाउँपालिकामा भूमि बैंकको स्थापना गरेको छ । कोभिड–१९ ले रोजगारी खोजिएपछि गाउँ फर्किने युवा तथा महिला उद्यमीलाई आत्मनिर्भर बनाउन गाउँपालिकाभित्र बाँझो जमिनलाई सदुपयोग गर्न १० लाख बजेट विनियोजन गरी भूमि बैंक स्थापना गरेको हो । 

यसका लागि गाउँपालिकाकाले ‘गाउँमै कमाउँ, मालिकामै रमाउँ’ अभियान शुरु गरेको छ । अभियानअन्तर्गत सामूहिक व्यवसायका लागि बाँझो जग्गा प्रयोग, पकेट क्षेत्र, औजार खरिदलगायत विभिन्न उत्पादनमुखी क्षेत्रमा सघाउने गरी ८५ लाख ९७ हजार विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताउनुभयो । 

“गाउँ फर्किएकालाई गाउँमै रोक्ने अभियान छ”, “अब कृषि र पशुपालनमा अनुदानलाई प्रोत्साहन गर्छौं”, उहाँले भन्नुभयो । गाउँपालिकाले केही वडामा बाँझो जमिनको सदुपयोग शुरू गरिसकेको छ । बुधबार गाउँपालिकाको केन्द्र दरबाङमा बसेको सातौँ गाउँसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का रु ४१ करोड ५४ लाख १० हजार ९४९ बराबरको बजेट पारित गर्दै कृषि, पशुपालनका साथै पर्यटनको क्षेत्रमा समेत उच्च प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । “अब सम्भावना भएका क्षेत्रमा लगानी केन्द्रित नगरी समृद्ध गाउँपालिका बनाउन सकिँदैन्”, “यसपटक रोजगार सिर्जना गर्नेतर्फ ध्यान दिन्छौँ”, अध्यक्ष रोकाले भन्नुभयो । उहाँले गाउँपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणमा समेत सघाउने बताउनुभयो । 

गाउँपालिकाले रु १३ करोड ६५ लाख पूँजीगत र पाँच करोड ५० लाख चालुतर्फ विनियोजन गरेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा बजेटलाई उच्च प्राथमिकता दिए पनि रोजगारमूलक अभियानलाई विगतमा जस्तो हेलचेक्राइँ नगरिएको भन्दै बजेट कार्यान्वयनले समेत थप सहज हुने जनप्रतिनिधिको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले पर्यटन क्षेत्रतर्फ मालिका–५ हकलानडाँडामा वुद्ध स्तुपाको निर्माण र प्रसिद्ध मालिका मन्दिरमा कलात्मक मूर्तिसहित सम्रग गाउँपालिकाभित्रको पर्यटन विकासमा रु ६३ लाख ७० हजार विनियोजन गरिएको बताउनुभयो । 

त्यस्तै दरबाङको छ्यारछ्यारेमा निर्माणाधीन अवस्थामा रहेको खेलमैदानलाई प्रदेशस्तरीय साझेदारी कार्यक्रमअन्तर्गत रु ५० लाख र विषद् कोषमा रु एक करोड ७६ लाख १३ हजार विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश