२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेश नं ५ मा ४७ प्रतिशत रोपाइँ सम्पन्न, कुन जिल्लामा कति रोपाइँ ?

२०७७, १५ असार सोमबार ०८:५७

असार १५, रुपन्देही । प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५  प्रतिशत रोपाइँ गरिएको छ ।  कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । 

यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयका सहायक सूचना अधिकृत अनिलकुमार कानु बनियाँले जानकारी दिनुभयो । यही असार १५ गतेसम्म रुपन्देहीमा ५६ दशमलव २९, पाल्पामा २१ दशमलव ९, अर्घाखाँचीमा २७ दशमलव ९२, कपिलवस्तुमा ४० र  दाङमा २६ दलमलव ७६ प्रतिशत रोपाइँ भएको छ । यसैगरी बाँकेमा ३७ दशमलव ९६, बर्दियामा ५४ दशमलव ८२ प्रतिशत र  रुकुम(पूर्व)मा  ७३ दशमलव ०५, प्युठानमा ९६ दशमलव १३  र रोल्पामा ५८ दशमलव ६३ प्रतिशत रोपाइँ सकिएको सहायक सूचना अधिकृत बनियाँले बताउनुभयो ।

प्रदेशमा गत वर्ष तीन लाख एक हजार २८० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा  १२ लाख ५३ हजार ८९ मेट्रिक टन उत्पादन भएको थियो । प्रदेश सरकारले धान उत्पादन वृद्धि गर्न विभिन्न जिल्लालाई धान सुपर जोनका रुपमा घोषणा गरी कार्यक्रम लागू गरेको छ ।


तिलोत्तमामा रोपाइँ महोत्सव

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज १७ औं राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सव मनाएको छ ।  वडा नं ६ स्थित नगरपालिकाको नवनिर्मित भवन परिसर खेतमा धान दिवस मनाइएको हो । दिवसका अवसरमा नगरपालिकाको आफ्नो झण्डै चार बिघा खेतमा धान रोपाइँ गरिएको संयोजक एवं वडा नं  ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिनुभयो ।

रोपाइँ महोत्सवमा नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जागेश्वरी चौधरीलगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, अगुवा किसानसमेतको सहभागिता थियो ।  रोपाइँका लागि वडागत रुपमा प्लट विभाजन गरिएको र  जनप्रतिनिधिहरु बिहानै खेतमा जुटेर उत्साहित भई धान रोपाइँमा सहभागी भएका थिए । 

नगरपालिकाले धानको सम्पूर्ण व्यवस्थापन आफँै गर्नेग री रोपाइँ गरेको हो । यसअघि सो खेतमा मकै तथा गहुँ खेती गरिएको थियो । कार्यक्रममा नगर प्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै  किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिँदै आएको बताउनुभयो । वडाध्यक्ष न्यौपानेले रोपाइँमा सहयोग पुर्याउने क्लब, कुलापानी समितिलगायत सबैप्रति आभार व्यक्त गर्नुभयो ।

यसैबीच तिलोत्तमामा कयौंँ वर्षदेखि बाँझो रहेको जमीनमा यस वर्ष धान रोपाइँ भएको छ । नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफँैले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहने जग्गामा रोपाइँ भएको हो ।

कुल खेतीयोग्य जमीन आठ हजार ४४९ मध्ये ८४५ हेक्टर जग्गा बाँझो रहने गरेकामा अहिले त्यसको झण्डै ६० प्रतिशतमा रोपाइँ भएको कृषि शाखाको तथ्यांक छ । यस वर्ष जेठ दोस्रो सातादेखि तिलोत्तमामा रोपाइँ शुरु भएकामा असार दोस्रो सातासम्म झण्डै ९० प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।

बन्दाबन्दीका कारण नगरवासी फुर्सदिला रहँदा धान रोपाइँ विगत वर्षभन्दा यस वर्ष छिटो सकिने कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिनुभयो ।  नगरपालिकाले कोरोना महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावसँग जुध्न खेतीयोग्य जमीन बाँझो नराख्ने निर्णय गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश