८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

औद्योगिक क्षेत्रमा पानी पस्यो, २०० बिघा धान खेत डुबानमा

१६ असार २०७७, मंगलवार ०५:२०

असार १६, राजविराज । चार/पाँच दिनदेखि परेको अविरल  वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पसेको  छ । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा पानी पस्दा लाखौँको क्षति भएकोे  औद्योगिक क्षेत्रले जनाएको  छ  ।

सरकारी उपेक्षाको मार खेप्दै आएको औद्योगिक क्षेत्रका केही उद्योगमा पानीसमेत पसेको जनाइएको छ । औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्ड्रष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगलगायत सञ्चालमा छन् । औद्योगिक क्षेत्रको पूर्व र दक्षिण छेउमा पानीको बहाव थुनिएर पानी निकास नभएका कारण औद्योगिक क्षेत्र जलमग्न भएको स्थानीयवासीको भनाइ छ  । 

अविरल वर्षाले सप्तरीको दक्षिणी भेगकाको २०० बिघामा लगाइएको धान खेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करिब २०० बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको बताउनुभयो । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । सोमध्ये ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता