२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर

२०७७, १६ असार मंगलवार ०६:२०

असार १६, काठमाडौं | हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो ।

हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका छने । जाङ्ग फ्यान, नेपालमा चिनियाँ दूतावासका वाणिज्य सल्लाहकार, वाङ्गपिङ्ग, तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागको उपमहानिर्देशक, जन गणतान्त्रिक चीन, जउ डन्जिन, ह्वावे एशियन प्यासिफिक क्षेत्र क्लाउडका अध्यक्ष र AI व्यवसाय, र नेपालका अन्य उद्यमहरूका प्रतिनिधिहरूले यस अवसरमा ह्वावे अनलाइन भिडियो कन्फरेन्स प्रणालीको प्रयोग गरेर साक्षीको रूपमा भाग लिएका थिए ।

हिमालय एयरलाइन्सका अनुसार उहाँहरू ह्वावे, विश्वकै अग्रणी आईसीटी समाधान प्रदायकलाई छनौट गर्न धेरै खुसी छन, जुन साझेदारको रूपमा संसार भरका विभिन्न उद्योगहरूको डिजिटल रूपान्तरणको समृद्धीमा अनुभवी छ र एक अर्काबीच योजनाबद्ध सहयोग सम्बन्धको निर्माण गर्दछ ।


हिमालय एयरलाइन्स डिजिटल रूपान्तरणको मुख्य चरणमा छ । ह्वावेसँग योजनाबद्ध साझेदारी स्थापना गरेर र यसका साझेदारहरूसँग इकोसिस्टममा सहयोग गरेर हिमालय एयरलाइन्सले आफ्नो डिजिटल रूपान्तरणको गति बढाउनेछ र कम्पनीलाई छिटो विकासको नयाँ चरणमा धकेल्नेछ । उन्नत डिजिटल टेक्नोलोजीको साथ नेपाल नागरिक उड्डयन उद्योगमा योगदान दिन नेपालको ह्वावे स्थानीय टोलीसँग मिलेर काम गर्नेछ ।

ह्वावेका प्रतिनिधिले भने कि ह्वावेको क्लाउड र AI टेक्नोलोजीले हिमालय एयरलाइन्स मार्फत व्यवस्थापन र वित्तीय प्रणालीको डिजिटलकरणका साथै आन्तरिक दक्षता सुधार गर्न सकिन्छ । ह्वावे क्लाउड सेवा टोली र ह्वावे नेपाल स्थानीय समर्थन टीम दुवैको प्रतिबद्धताले हिमालय एयरलाइन्सको डिजिटल रूपान्तरण सुधार हुनेछ र कम्पनी नेपाली बजारमा अधिक प्रतिस्पर्धी हुनेछ । ह्वावेले हिमालय एयरलाइन्सलाई दुई कम्पनीको योजनाबद्ध सहयोगको शुरुवातको रूपमा क्लाउड सेवाहरू प्रदान गर्नेछ ।

२० को दशकको प्रारम्भदेखि कम्प्यूटिङ्ग उर्जा उत्पादकत्वको नयाँ स्रोत बन्न गएको छ, डाटा नयाँ कच्चा पदार्थ हुन् र +AI+5G चाहीँ उत्पादन को नयाँ उपकरणहरु हुन् । कुनै शङ्का बिना नै क्लाउड सेवा नयाँ आदर्श बन्न पुगेको छ र नयाँ डिजिटल पूर्वाधारको रूपमा कार्य गर्दैछ जसले डिजिटल रूपान्तरणको गतिलाई तिव्र पार्दछ ।


हाल ५ सय ग्लोबल कम्पनीहरु मध्ये २ सय २८ र १ सय विश्वको शीर्ष उद्यमहरूमध्ये ५८ ले ह्वावेलाई डिजिटल परिवर्तनको लागि विश्वासिलो साझेदारका रुपमा चयन गरेका छन् । ग्लोबल नोड कभरेज र इकोसिस्टमको साथसाझेदार वा विकासकर्ताहरूले ह्वावे क्लाउड प्लस AI, 5G र ठूलो डाटा जस्ता इन्टेलिजेन्ट अनुप्रयोगहरूको समर्थन गर्नको लागि सेवाहरू लिन सक्दछन् । आजसम्म, ह्वावे क्लाउडले २ सय भन्दा बढी क्लाउड सेवाहरू प्रदान गरेको छ जसमा १ सय ९० भन्दा बढी विशिष्ट उद्योग समाधानहरू वित्तीय सेवाहरू, ई-कर्मस, लजिस्टिक, स्वास्थ्य सेवा, शिक्षा र आदिबाट रहेको छ ।

ह्वावे क्लाउड उच्चप्रदर्शन र उच्च विश्वसनीयता उपकरणबाट बनेको हो जुनAI चिपसेटले जडित छ । ह्वावे क्लाउडमा डाटा सुरक्षा र प्रयोगकर्ता गोपनीयता अनुपालन पहिले भन्दा बढी सुरक्षित भएको छ । तसर्थ, ह्वावे क्लाउडले सरकार, उद्यम र डिजिटल परिवर्तनमा क्यारियरलाई ठूलो फाइदा पुर्‍याउने छ । नेपालको इन्टरप्राइज आईटी सेवाहरूको भर्खरको अध्ययनबाट यो देखिन्छ कि ११ उद्योगहरूको ७४ प्रतिशत (मिडिया, मनोरन्जन, एयरलाइन्स, सामान्यखुद्रा, ईकमर्स, र आदि) उच्चउपकरणको लगानी घटाउन, जटिल मर्मत सम्भारबाट बच्न, सेवा विश्वसनीयता सुनिश्चित गर्न, आईटी सेवा डिजिटल गर्ने उपकरणको रूपमा क्लाउड सेवा छनौट गरेको छ ।

नेपाली बजारमा डिजिटल रूपान्तरण परामर्श र वितरण सेवाहरू उपलब्ध गराउनका लागि जनवरी २०२० माह्वावे नेपाल अफिसले क्लाउड एन्ड एआई (Cloud & AI) स्थानीय टोली स्थापना गरेको छ जसले केवल स्थानीय सरकार, उद्यम र वाहकहरूलाई समर्पित सेवाहरू प्रदान गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश