९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्चीको अभियान ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’

२१ असार २०७७, आईतवार ०५:४२

असार २१, मेलम्ची। मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ ।  नगरपालिकाले बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभियान चलाउने भएको हो ।

कृषि तथा पशु विकासका लागि एकीकृत सेवा केन्द्रमार्फत कृषकलाई सेवा दिने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण गरी नगरलाई तरकारी, खाद्यान्न, दुग्ध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने, नगरपालिकाभित्र तरकारी, फलफूल तथा नगदेबाली उत्पादनको पकेट क्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गर्नेसहितका नीति लिइएको नगरप्रमुख डम्बर अर्यालले बताउनुभयो ।

नगरवासीको खाद्य सुरक्षालाई प्रत्याभूत गरी वाग्मती प्रदेश सरकारले अघि सारेको ‘कोही भोकै पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि मुख्य खाद्यवस्तुको उत्पादनमा वृद्धि गर्न किसानलाई बीउबिजन, मलखाद आदि सहजरूपमा उपलब्ध गराउने व्यवस्था मिलाउने, नगरका मुख्य बजारमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरी स्तरवृद्धि गर्ने, नगरभित्र रहेका बाँझो तथा सार्वजनिक जग्गाको तथ्याङ्क सङ्कलन गरी उक्त जग्गामा कृषि सहकारीमार्फत सामूहिक कृषिखेती गर्न प्रोत्साहन गर्ने, आधुनिक कृषि प्रविधिको माध्यमबाट नमूना कृषि फार्म र फलफूल तथा तरकारीको नर्सरी स्थापना गर्नेसहितका महत्वकाङ्क्षी योजना नगरपालिकाको नीतिमा समेटिएको छ ।

 सङ्घीय एवं प्रदेश सरकारसँग आवश्यक समन्वय गरी एक वडा एक कृषि तथा पशु प्राविधिक व्यवस्था गर्ने, कृषि बीमाको दायरालाई विस्तार गर्दै अनुदान लिने लाभग्राही कृषकलाई कृषि बीमा अनिवार्य गर्ने लक्ष्य लिएको नगरपालिकाले कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाई गाउँ फर्किएका युवालाई प्रोत्साहन गर्दै आवश्यक सीप, तालिम र अनुदानको व्यवस्था गरी कृषि पेशामा संलग्न गराउने नीति लिएको छ । नगरपालिकाले कृषि, पशु र पर्यटनसहित पूवार्धार विकासका कार्यलाई प्राथमितकामा राखेर बजेट ल्याएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता