२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘एक सांसद एक नमूना कृषि कार्यक्रम’

२०७७, २२ असार सोमबार १०:०५

असार २१, जाजरकोट। नलगाड नगरपालिका–५ चारगाउँमा ‘एक सांसद एक नमूना कृषि कार्यक्रम’ सञ्चालनमा आएको छ । पचास घरधुरीदेखि १४० घरधुरीसम्मलाई लक्षित गरी अर्गानिक प्रवद्र्धन कार्यक्रम शुरु गरिएको हो । 

सो कार्यक्रमबाट १२० घरधुरीलाई कृषि सडक, सिँचाइ र व्यावसायिक तरकारीखेती गर्न सहयोग गरिएको छ । त्यस्तै १४० घरधुरीलाई १८ हजार कागतीका बिरुवा वितरण गरिएको नलगाड नगरपालिकाकी प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । खेती गर्ने जमिन नभएकालाई मौरीसहितका १८ वटा घार वितरण गरिएको छ । त्यस्तै वडा ५ वासीन्दालाई आठ हजार टिमुरका बिरुवा वितरण गरिएको छ । 

एक सय २० घरधुरीलाई कृषि सडकका साथै सिँचाइ सुविधा पनि उपलब्ध गराएको लक्षित वर्ग अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालक समितिका अध्यक्ष प्रशान्त शर्माले जानकारी दिनुभयो ।  नब्बे लाखको कार्यक्रम सञ्चालन गरिएको प्रदेशसभा सदस्य कृष्णा शाहले बताउनुभयो । नगरपालिकाले पनि विभिन्न पकेट क्षेत्र बनाएर कृषि क्षेत्रलाई बलियो बनाउन लगानी वृद्धि गरेको छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने