९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मौरी चरनका लागि चिउरी रोप्दै कालिका नगरपालिका

२५ असार २०७७, बिहीबार ०५:२१

असार २५, चितवन। चरन अभाव भएको भन्दै मौरीपालक कृषकले गुनासो गरिरहेका बेला यहाँको कालिका नगरपालिकाले यस वर्ष झण्डै १० हजार चिउरीका बिरुवा रोप्ने तयारी गरेको छ । हालसम्म तीन हजार ३०० बिरुवा रोपिसकेको छ ।

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार सिंहनाथ गण गैरीबारीमा तीन हजार र विपद् व्यवस्थापन गण रसौलीमा ३०० बिरुवा रोपिसकिएको छ । सिद्धि र शक्तिखोरको कबुलियती वन र खोरियामा पाँच हजारभन्दा बढी बिरुवा रोप्ने तयारी गरिएको छ । मौरीपालक व्यवसायी सङ्घ र सपना भिलेज इम्प्याक्टसँग सहकार्य गरेर नगरपालिकाले बिरुवा रोप्न थालेको हो ।

प्रमुख श्रेष्ठले चिउरीमा बहुआयामिक गुण भएकाले तीव्ररूपमा वृक्षरोपण गर्न लागिएको बताउनुभयो । चिउरीको फल खाने र बियाँबाट घ्यूसमेत निकाल्ने गरिन्छ । महमध्येमा चिउरीको चरनको मह सबैभन्दा उत्कृष्ट मानिन्छ । उहाँले भन्नुभयो, “यहाँका मौरीपालक कृषकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले चिउरीको वृक्षरोपण थालिएको हो ।”

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले रोपिएकामध्ये सात हजार ५०० बिरुवा मात्र हुर्किएमा एक हजार ५०० गोलाका मौरीलाई चराउन पुग्ने बताउनुभयो । चरनको अभावमा यहाँका कृषकले देशका १४ जिल्लामा मौरी लाने गर्दछन् । कालिका नगरपालिकामा मात्र छ हजार गोला मौरी रहेको छ । पौडेलका अनुसार यो सङ्ख्या जिल्लामा २५ हजार र देशभरमा ७० हजार रहेको छ ।

यहाँका मौरी चिउरीमा चराउनका लागि दाङ, अर्घाखाँची र प्यूठान लगिन्छ भने अन्य जिल्लामा पनि चराउन लैजाने गरिएको छ । चिउरीका बिरुवा हुर्कन आठ÷दश वर्ष लाग्ने गर्दछ । जिल्लाका पहाडी क्षेत्रमा चिउरीका रुख रहेका छन् । ती क्षेत्र चिउरीका लागि उपयुक्त मानिन्छ । नेपालमा मौरीपालन व्यवसायमा लाग्नेहरुको सङ्ख्या सात हजार रहेको छ । गतसाल मेलिफेराको दुई हजार ५०० मेट्रिकटन र सेरानाको एक हजार मेट्रिक टन मह उत्पादन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता