२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिया निर्यातमा दोहोरो खर्च झेल्दै बिक्रेता

१ श्रावण २०७७, बिहीबार ०३:२७

साउन १, इलाम । तयारी चिया भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । 

बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगमनी नाकाबाट ‘सिएफएल’ बनाएका बिक्रेताले फेरि काँकडभिट्टा नाकाबाट लाँँदा पनि बनाउनुप¥यो । एक चोटी बनाएको ‘सिएफएल’ले छ महिना काम दिने भए पनि यसपटक भने दुई महिनामै बनाउनु पर्दा दोहोरो खर्च लागेको सूर्योदय नगरपालिकास्थित कन्यामका चिया उद्योगी सूर्य खड्का बताउनुहुन्छ ।  

जेठमा मात्र जोगमनी नाकाबाट चिया लैजानका लागि ‘सिएफएल’ बनाउनु भएका खड्काले असार मसान्त नभई फेरि काँकडभिट्टा नाकाबाट बनाउनुप¥यो । “जोगमनी नाकाबाट जम्मा दुई गाडी मात्र चिया लगेका थिए ।” खड्काले भन्नुभयो, “दोहोरो खर्च लाग्यो । नाका फेर्दा । गएको वर्ष त्यस्तो पर्दैनथ्यो ।” सधैँ नेपालबाट निर्यात हुने चिया काँकडभिट्टाबाट जाने गरे पनि यस वर्ष भने जोगमनी नाकाबाट चिया निर्यात गर्नुपरेको थियो । 

बन्दाबन्दीका समयमा नाका परिवर्तन हुँदा केही दिन अघिसम्म जोगमनी नाकाबाट चिया निर्यात भएको थियो । नाका परिवर्तन हुँदा ‘ठूलो यातायात खर्च’ बुझाउनु परेका विक्रेताले ‘सिएफएल’ खर्च पनि दोहोरो बुझाउँदा झनै समस्यामा परेका हुन् । नाका परिवर्तन हुँदा विक्रेताले दोहोरो खर्च बुझाउनु परेको चिया उद्यमी गोपाल कट्टेल बताउनुहुन्छ ।

“हामीले यहाँ (फिक्कल)बाट काँकडभिट्टा पु¥याउँदा गाडी भाडा रु २२ हजार पाँच सयमा हुन्थ्यो भने जोगमनी पु¥याउन रु ३२ हजार पाँच सय लाग्छ ।” कट्टेलले भन्नुभयो, “यसरी नाका फेर्दा धेर खर्च त लाग्यो तर फेरि यता काँकडभिट्टा नै ल्याउँदा झन बढी खर्च लाग्यो ।” जोगमनी नाकाबाट निर्यात हुँदै गरेको चिया गत असार १८ गते काँकडभिट्टा नाका खुलाएपछि फेरि सोही नाका भएर जान थालेको हो ।

‘उद्योगीले हतार गर्दा दोहोरो मारमा’

चिया निर्यातमा दोहोरो मारमा परेको भनेपछि अर्का उद्योगी उदय चापागाईंले भने चिया निर्यातमा हतार गर्दा समस्या परेको बताउनुभएको छ । चिया उद्योगीले काँकडभिट्टा भन्सार खुल्ने जान्दाजान्दै जोगमनीबाट चिया निर्यात गर्दा समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले चिया निर्यातमा उद्यमीले हतार नगरेको भए समस्या नहुने उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला