२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सांसद विकास कोषको ७६ लाख कोरोना कोषमा

२ श्रावण २०७७, शुक्रबार ०४:१७

साउन २, बैतडी। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)अन्तर्गतको रु ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ । उक्त कार्यक्रममा आएको रु छ करोड रकममध्ये ७६ लाख ६८ हजार ५८१ कोरोना कोषमा जम्मा गरिएको सङ्घीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । उक्त रकम असार १५ गतेसम्म खर्च हुन नसकेको जिल्लाका चार वटा स्थानीय तह मेलौली, पुर्चाडी र दशरथचन्द नगरपालिका तथा शिवनाथ गाउँपालिकाको कोरोना कोषमा जम्मा गरिएको हो ।   

जिल्लाको मेलौली नगरपालिकाको, लामालेक–बलाराघाट सडकखण्डमा खर्च हुन नसकेको रु २५ लाख, पुर्चाडी  नगरपालिकाको भटना–श्रीभावर सडकखण्डमा खर्च हुन नसकेको रु १० लाख, दशरथचन्द नगरपालिकाको गढी खेलमैदान निर्माणमा खर्च हुन नसकेको रु २२ लाख ९७ हजार १९१ र शिवनाथ गाउँपालिकास्थित पर्यटकीय पदमार्ग निर्माणमा खर्च हुन नसकेको रु १८ लाख ७१ हजार ३९० कोरोना कोषमा जम्मा गरिएको छ  । 

विकास निर्माणका योजनाका लागि छुट्याएकोमध्ये बचत भएपछि उक्त रकम स्थानीय तहकै कोरोना जम्मा गरिएको बैतडीबाट निर्वाचित सङ्घीय सांसद दामोदर भण्डारीले बताउनुभयो । असार १५ सम्म खर्च गर्नुपर्ने रकम खर्च हुन नसकेपछि कोरोना कोषमा जम्मा गरिएको हो । उहाँले भन्नुभयो, “रकम फ्रिज हुनुभन्दा महामारी नियन्त्रण गर्न सहयोग पुगोस् भनेर कोरोना कोषमा जम्मा गरेका हौँ ।” सरकारले असार २ गते खर्च हुन नसकेर बचेको रकम सांसदको सहमतिमा स्थानीय तहको कोरोना कोषमा पठाउने निर्णय गरेको थियो ।   

जम्मा भएको उक्त रकम सम्बन्धित स्थानीय तहमै कोरोना जोखिम नियन्त्रणका लागि खर्च गरिने जनाइएको छ । पुर्चाडी  नगरपालिकाको रु १० लाख रकम सोही पालिकामा निर्माण भएको आइसोलेसन सुधारका लागि खर्च गरिने गरिने छ । शिवनाथ गाउँपालिकाको रु १८ लाख ७१ हजार ३९० पनि उक्त गाउपालिकाका सबै वडामा आइसोलेसन निर्माण तथा स्वास्थ्य पूर्वाधार निर्माणमा खर्च गरिने जनाइएको छ । यस्तै दशरथचन्द नगरपालिकाको रु २२ लाख ९७ हजार १९१ सबै वडामा आइसोलेसन बेड निर्माण र स्वास्थ्य पूर्वाधारमा खर्च गरिने छ । 

मेलौली नगरपालिकामा खर्च हुन नसकेको रु २५ लाख बजेटबाट नगरपालिकामा पिसिआर मेशिन खरिद गरिने सांसद भण्डारीका स्वकीय सचिव भण्डारीले बताउनुभयो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)अन्तर्गतको उक्त रु ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा भएपछि स्थानीय तहलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सहज भएको जनाएका छन् ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य