९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिब्बतको केरुङ छ्यो ताल फुट्ने सम्भावना तत्काल टर्यो

६ श्रावण २०७७, मंगलवार ०८:४९

साउन ६, सिन्धुपाल्चोक। तिब्बतको नेलाम जिल्लाको कुतीबजारस्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै सिन्धुपाल्चोक प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबा सार्वजनिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो ।

सुनकोशी र भोटेकोशी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो । तातोपानी नाकाबाट करिब ४५ किमि टाढा तिब्बतको कुतीबजारबाट सो तालको पानी भोटेकोशीमै मिसिने भएकाले खतरा हुनसक्ने अनुमान स्थानीय प्रशासनको छ ।

दूधपोखरीको नामले चिनिने कराइ आकारको सो ताल भरिएकाले त्यसको जमेको पानी पोखिएर फुट्न सक्ने शङ्का गरिएको हो । प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार तिब्बतको नेलाम प्रशासनले तातोपानीस्थित सशस्त्र प्रहरीमार्फत सचेत रहन नेपाललाई सोमबार साँझ खबर गरेको थियो ।

तातोपानीस्थित मितेरी पुलपारि चिनियाँ भूभागमा रहेका आफ्ना नागरिकलाई नेलाम प्रशासनले खासा सारेको छ । ताल फुटेमा त्यसको असर सीमा क्षेत्र तातोपानीदेखि तल्लो भाग सुनकोशी, भोटेकोशी किनार हुँदै दोलालघाट, सिन्धुली, रामेछाप र तराईका जिल्लामा समेत पर्नेछ तर त्यहाँबाट पानीको बहाव तल आउञ्जेल सूचना पाउन सक्ने भएकाले धेरै आतङ्कित नभई सचेत रहन मात्र आह्वान गरेका छौँ, ढकालले भन्नुभयो । 

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सुरक्षा निकायको बैठकले अहिले खासा क्षेत्रमा पानी कम परेकाले आत्तिनुपर्ने अवस्था नरहे पनि निरन्तर वर्षा भइरहेका कारण खोली किनारका बासिन्दा भने सचेत रहनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले सुरक्षित स्थानमा सर्न आग्रह गर्नुभएको छ । 

प्रजिअ ढकालले भन्नुभयो, “ताल फुट्छ नै भन्ने ग्यारेन्टी त होइन, सीमाका चिनियाँलाई समेत खासा लगेकाले खतरा देखियो ।” सूचनातर्फ माइकिङमार्फत स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको थियो । विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लोतटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो । त्यति बेला झण्डै १५० घर संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडकखण्ड तहसनहस वनाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता