९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्ग क्षतविक्षत

११ श्रावण २०७७, आईतवार ०८:४२

साउन ११, चितवन। गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत भएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो सडकखण्डको जोगिमारा र धारापानीमा अझै सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । सडक खण्डको मौवा खोलामा पुल र सडक जोड्ने भाग नै नदीले बगाएको थियो । ती सबै ठाउँको मर्मत सम्भार गरी शुक्रबारदेखि सवारी सञ्चालनमा ल्याइएको अधिकारीले जानकारी दिनुभयो । मौवा खोलामा यही साउन ५ गते बिहान सडक बगाएपछि सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको थियो । 

राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य नाका भएकाले चौतर्फी दबाब र सहयोगले सडक सञ्चालनमा ल्याए पनि वर्षात्ले निकै नोक्सान पुगेको अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पचास किमीजति ठाउँमा कालोपत्र बिग्रिएको छ । पहिरो खसेको, धसिएको ठाउँ, बगाएको सडकलगायतका क्षेत्रमा कालोपत्रमा नोक्सानी भएको छ । 

छिट्टै सबै ठाउँमा सडक दुईतर्फी सञ्चालनमा आए पनि पूर्ववत् अवस्थामा सडकलाई मर्मतसम्भार गर्न एक वर्ष लाग्ने उहाँको भनाइ छ । क्षतिको विवरण सङ्कलन गरेर लगत अनुमान तयार गरी प्रक्रियामा अघि बढ्नुपर्ने भएकाले सबै काम गर्न समय लाग्ने अधिकारी बताउनुहुन्छ । सो सडक खण्ड बिस्तारका लागि विश्व बैंकको सहयोगमा परियोजना अघि बढेकाले धेरै खर्च गर्ने पक्षमा सडक विभाग छैन । 

अधिकारीले भन्नुभयो, “अत्यावश्यक काम मात्र हामी गर्छौं ।” सो सडकखण्डमा छदेखि सात मिटर फराकिलो कालोपत्र रहेको छ । अधिकांश भाग एकातर्फ अग्लो पहाड र अर्कोतर्फ त्रिशूली नदी पर्दछ । यस्तै सोही कार्यालयले हेर्ने नारायणगढ–मुग्लिन सडकको चार किलो र १६ किलोमा पटकपटक पहिरो खस्दा समस्या हुने गरेको छ । 

दुई वर्षअघि सडक बिस्तार गरिएको भए पनि पहिरो रोक्ने काम गर्न नपाउँदै चार किलोमा पहिरो खसेको हो । दुवै ठाउँमा अझै दुईतर्फी सडक सञ्चालन हुन सकेका छैनन । यस सडकखण्डमा पनि ठाउँठाउँमा साना पहिरो खस्दा क्षति पुगेको छ । सडकमाथिको डाँडामा ग्रामीण क्षेत्रमा बनाइएका बाटामा पानी एकीकृत भएर एकै ठाउँबाट खस्दा मूल सडकमा क्षति पुगेको अधिकारी बताउनुहुन्छ । यससँगै वर्षात् बढी भएकाले सडकमा नोक्सान गरेको उहाँको भनाइ छ । रासस 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता