९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुर महानगरलाई चीनको २७ लाखको सहयो

१६ श्रावण २०७७, शुक्रबार ०७:०७

साउन १६, चितवन । चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई रु २७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ती सामग्री बिहीबार महानगरपालिका आइपुगेको हो । 

रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधि तथा नेपाल प्रवासी चिनियाँ सङ्घका सदस्य ज्याङ जिङ च्याङ, वाङ ज्यूजाङ, हुई घिङ, डाङलगायतका प्रतिनिधिले भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने नेतृत्वको टोलीलाई सामग्री प्रदान गरेको थियो । भरतपुर महानगरपालिका र चीनको गुर्मुसिटीसँग भगिनी सम्बन्ध कायम रहेको छ भने घाङ् सिटी र सिगारसँग भगिनी सम्बन्ध कायमको प्रक्रियामा रहेको छ ।

सामान प्राप्त भएसँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्य सामग्रीले कोभिड–१९ सँग लड्न थप हौसला प्रदान गरेको बताउनुभयो । तिब्बत प्रान्तमा रहेको सिगात्से सिटीले एन–९५ माक्स एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडिटी कीट ८०० थान, पिपिई १०० थान, मेडिकल फेस सिल्ड एक हजार थान र सर्जिकल पञ्जा चार हजार थानलगायत स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरेको हो ।

मित्र राष्ट्र चीनको सिगात्से सिटीले कोभिड–१९ को महामारीसँग लड्न यति धेरै स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई प्रदान गरेर अतुलनीय सहयोग गरेको बताउँदै महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्रीको अधिकतम उपयोग गरी कोभिड–१९ विरुद्ध लड्ने बताउनुभयो ।

भरतपुर महानगरपालिका र चीनका शहरसँग प्रविधि हस्तान्तरणका साथै दुई पक्षीय सहयोगका साथ अवलोकन भ्रमण हुँदै आएको छ । कोभिड–१९ कै क्रममा चीनको गुर्मु सिटीले पनि भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको थियो । यस्तै, बिहीबार संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिमण्डलले कोभिड–१९ सँग लड्न र क्वारेन्टिन व्यवस्थापनका लागि चाहिने स्वास्थ्य सामग्री प्रदान गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता