२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुर महानगरलाई चीनको २७ लाखको सहयो

२०७७, १६ श्रावण शुक्रबार ०७:०७

साउन १६, चितवन । चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई रु २७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ती सामग्री बिहीबार महानगरपालिका आइपुगेको हो । 

रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधि तथा नेपाल प्रवासी चिनियाँ सङ्घका सदस्य ज्याङ जिङ च्याङ, वाङ ज्यूजाङ, हुई घिङ, डाङलगायतका प्रतिनिधिले भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने नेतृत्वको टोलीलाई सामग्री प्रदान गरेको थियो । भरतपुर महानगरपालिका र चीनको गुर्मुसिटीसँग भगिनी सम्बन्ध कायम रहेको छ भने घाङ् सिटी र सिगारसँग भगिनी सम्बन्ध कायमको प्रक्रियामा रहेको छ ।

सामान प्राप्त भएसँगै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वास्थ्य सामग्रीले कोभिड–१९ सँग लड्न थप हौसला प्रदान गरेको बताउनुभयो । तिब्बत प्रान्तमा रहेको सिगात्से सिटीले एन–९५ माक्स एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडिटी कीट ८०० थान, पिपिई १०० थान, मेडिकल फेस सिल्ड एक हजार थान र सर्जिकल पञ्जा चार हजार थानलगायत स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरेको हो ।

मित्र राष्ट्र चीनको सिगात्से सिटीले कोभिड–१९ को महामारीसँग लड्न यति धेरै स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई प्रदान गरेर अतुलनीय सहयोग गरेको बताउँदै महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्रीको अधिकतम उपयोग गरी कोभिड–१९ विरुद्ध लड्ने बताउनुभयो ।

भरतपुर महानगरपालिका र चीनका शहरसँग प्रविधि हस्तान्तरणका साथै दुई पक्षीय सहयोगका साथ अवलोकन भ्रमण हुँदै आएको छ । कोभिड–१९ कै क्रममा चीनको गुर्मु सिटीले पनि भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको थियो । यस्तै, बिहीबार संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिमण्डलले कोभिड–१९ सँग लड्न र क्वारेन्टिन व्यवस्थापनका लागि चाहिने स्वास्थ्य सामग्री प्रदान गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा