२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुरु भो जुम्लामा चिस्यान घर निर्माण

२०७७, १८ श्रावण आईतवार ०४:४७

साउन १८, जुम्ला। जुम्लाको तिला गाउँपालिका–६, ७, ८, ९ नं वडा हालसम्म सडक सञ्जालमा जोडिएका छैनन् । स्थानीय तहले ती ठाउँमा ग्रामीण सडक निर्माण गरे पनि तिलानदीमा पक्की पुल निर्माण नहुँदा सडक सञ्जालमा नजोडिएको हो ।

 वडाध्यक्ष सन्तवीर रावतले भन्नुभयो, “अहिले पनि यहाँका नागरिक पिठ्युमै बोकेर दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्री ढुवानी गर्न बाध्य छन् । यस क्षेत्र आलु, मकै र सिमीलगायत कोशेबालीको उर्वरभूमि हो ।” तिला–९ मानेचौरमा आलु भण्डारण गर्ने चिस्यान घर (रष्टिक स्टोर) निर्माण गर्न थालिको छ । मौसममा आलुको मूल्य नपाइने भएकाले बेमौसममा बिक्री वितरण गर्न चिस्यान घर निर्माणको थालनी गरिएको उहाँले बताउनुभयो ।करिव रु ३३ लाख लागतमा १० मेट्रिक टन क्षमताको चिस्यान घर दातृ संस्थाको लगानी र साझेदारीमा निर्माण थालनी गरिएको हो ।

साझेदारी सहयोग केन्द्र (पेस नेपाल) का अध्यक्ष किशोर न्यौपानेका अनुसार गाउँपालिका र स्थानीयवासीको मागका आधारमा चिस्यान घर निर्माणको काम भइरहेको छ । विशेषगरी यस क्षेत्र आलु र मकै उत्पादनको उर्वरभूमि हो । यहाँ उत्पादित वस्तुको बजारीकरणको समस्या भएकाले अनुकूलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको रु २२ लाख आर्थिक सहयोगमा १० मेट्रिक टन क्षमताको चिस्यान घर निर्माणको काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आलु उत्पादन हुने सिजनमा सबै कृषकले एकैपटक बजारमा लैजाने भएकाले मूल्य राम्रो नपाइने र खेर जाने हुँदा भण्डारण गरेर बेमौसममा बिक्री वितरण गर्दा राम्रो मूल्यमा बिक्री गरेर लाभ लिउन् भन्ने उद्देश्यका साथ आलु भण्डारण चिस्यान घर निर्माण गर्न थालिएको हो ।”

कृषकलाई बोका र थुमा वितरण

हिमा–६ महावैपाथरखोला गाउँका उम्म रावतले उन्नतजातको बोका पाउनुभयो । स्थानीय जातको भेडा पालिरहेका उहाँलाई उन्नतजातको भेडापालन गर्ने धोको थियो । अहिले उहाँको इन्छा पूरा भएको छ । उहाँले भन्नुभयो, “भेडापालनलाई पनि उन्नत बनाउँदै लैजानु अहिलेको टड्कारो आवश्यकता हो । व्यावसायिकरूपमा गरिने उन्नतजातको भेडापालनले मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।” 

उम्म रावतजस्तै जिल्लाका तीन स्थानीय तहका आठ किसानले उन्नतजातको बोका र थुमा पाएका छन् । भेडाबाख्रा अनुसन्धान केन्द्र गुठीचौरमा लामो समयदेखि पालिरहेका अष्ट्रेलियन जातका भेडा तथा बोका किसानलाई उपलब्ध गराइएको हो । जिल्लाको तातोपानी गाउँपालिकाका दुई, हिमाका एक र तिलाका पाँच किसानलाई बोका र थुमा दिइएको हो ।

भेडापालनले किसानलाई फाइदा हुने स्थानीयवासी बताउँछन् । यो एक भेडा एक क्विन्टलसम्मको हुन्छ । मासु बेच्दा पनि राम्रो आम्दानी हुन्छ । ऊन पनि स्थानीय जातको भेडाभन्दा दोब्बर नै हुन्छ । ऊनबाट विभिन्न सामग्री बनाउन सकिने अवस्था रहन्छ । जुम्लाको वातावरणमा लामो समयदेखि पालन भइरहेकाले किसानलाई बोका र थुमा दिइएको हो ।

बोका र थुमा गरेर झण्डै रु पाँच लाखमा खरिद गरिएको हो । अनुकूलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले किसानलाई उन्नतजातका भेडा उपलब्ध गराएको हो । जुम्ला भेडापालनमा प्रचुर सम्भावना बोकेको क्षेत्र हो । तर परम्परागत भेडापालनले खासै उपलब्धि भएन । किसान भीमबहादुर रावतले भन्नुभयो, “उन्नतजातको भेडापालनले किसानको जीवनशैली परिवर्तन गर्न सक्छ । पछिल्लो समयमा उन्नतजातको भेडापालनप्रति किसान आकर्षित भइरहेका छन् ।” दशैं तिहारमा उन्नतजातको भेडाको माग पनि तीव्र हुन्छ । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका ६० वटै वडामा भेडापालन भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा