१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनमा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण

१९ श्रावण २०७७, सोमबार ०५:३८

साउन १९, भरतपुर । चितवनको राप्ती नगरपालिकाको भण्डारामा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण गरिएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोगमा जनजागृत हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लिमिटेडले च्याम्बर निर्माण गरेको हो । 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आइतबार च्याम्बरको शुभारम्भ गर्दै कोरोनाको कहरका बीच पनि समयमै काम सम्पन्न भएकोमा सरोकारवालालाई धन्यवाद दिनुभयो । राप्ती नगरपालिकामा उत्पादन हुने कृषि सामग्रीको भण्डारण र बजारीकरणका लागि सेड घर र कोल्ड च्याम्बरले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो  ।

च्याम्बर ९२ लाखको लागतमा निर्माण गरिएको हो । सो रकम सबै प्रदेश सरकारले अनुदान दिएको छ । सहकारीमार्फत राप्ती  र खैहरनी नगरपालिकाका वडा नम्बर १० र ११ का किसान लाभान्वित हुनेछन् । विसं २०५७ मा स्थापना भएको सहकारीमा ११ सय शेयर सदस्य छन् भने पाँच हजार किसानले कारोवार गर्दै आएका छन् । “कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माणपछि किसानको डोको डालो र बोरामा ल्याएको तरकारी घाम पानीबाट जोगिने भयो, सहकारी संस्थाका अध्यक्ष धर्मराज कँडेलले भन्नुभयो”, “बाँकी रहेको तरकारी कोल्ड च्याम्बरमा राख्न सकिने भयो ।” उहाँले कोल्ड च्याम्बरमा १० टनसम्म तरकारी राख्न मिल्ने जानकारीदिनुभयो ।

तरकारी बिक्री नभएको अवस्थामा कुहिएर फाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।  सहकारीले एक वर्षमा आठदेखि १० करोडको तरकारी निर्यात गर्ने गरेको छ । यहाँ उत्पादन भएको तरकारी काठमाडौँ , पोखरा, बुटवललगायतका शहरमा बिक्री हुने गरेको छ ।

कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले कृषि क्षेत्रको प्रवद्र्धनमा जोड दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने