९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाह्रबिसे–तातोपानी सडक अवरुद्ध, आयात निर्यात ठप्प

३२ श्रावण २०७७, आईतवार ११:१०

साउन ३२, चौतारा। बाढीपहिरोले अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक अवरुद्ध भएपछि तातोपानी भन्सार यार्डमा रहेका मालबाहाक कन्टेनर रोकिनुका साथै आयात निर्यात ठप्प भएको छ । 

व्यापारिक तथा औषधिजन्य सामग्रीका १५÷२० वटा मालबाहाक कन्टेनर लामो समयदेखि सुख्खा बन्दरगाहमै रोकिएको भन्सार कार्यालयले जनाएको छ । कोभिड – १९ सङ्क्रमण रोकथामको लागि चीनको न्यालम जिल्लाले छिमेकी जिल्ला सिन्धुपाल्चोकलाई सहयोगस्वरुप हस्तान्तरण गरिएका औषधिजन्य सामग्री भन्सारमै रोकिएका छन् । गत असार २४ गतेको बाढीपहिरोले बाह्रबिसेदेखि तातोपानी को २६ किलोमिटर खण्डमा पर्ने दर्जैनांै ठाउँमा क्षति पु¥याएको थियो । सोही समयमा पनि चिनियाँ भू–भागमा पनि ठाउँठाउँमा सडक बिग्रनुका साथै तिब्बत्को न्यालम जिल्लामा अवस्थित क्यारुङ च्छो ताल फुट्ने सम्भावना देखिएपछि चीनबाट सामान पठाउन बन्द गरिएको थियो । साथै मितेरी पुलमा कार्यरत सबै चिनियाँ कर्मचारी पनि उठेर गइसकेको भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बाढीपहिरो बन्द भएको उक्त सडक मर्मतपछि यही साउन १८ गतेदेखि सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएको छ । हाल उक्त खण्डको डाक्लाङ र बुलकोटेमा सडक भास्सिएको छ । डाक्लाङमा करिब ३०० मिटर सडक पहिरोले बगाएको हुँदा दैनिक उपकरण लगाएर सफा गरे पनि पुनःबगाउने सडक डिभिजन कार्यालय दोलखाका प्रमुख डिई विजयकुमार महतोले बताउनुभयो ।

सडक अवरुद्ध भएपछि सयांै मालबाहक कन्टेनर केरुङ हँदै रसुवागढी नाका भएर ल्यानुपर्दा ढुवानी भाडा बढी पर्नुका साथै भन्सार जाँचपासमा ढिलाइका कारण व्यापारी मर्कामा परेको नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो