९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालीगण्डकीको नदीजन्य वस्तुको अबैध उत्खनन

१८ भाद्र २०७७, बिहीबार ०६:०२

भदौ १८, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेस्थित कालीगण्डकी नदीको बगरबाट अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी भएको छ । गाउँपालिकासँग ठेक्का सम्झौता बिनै एक्साभेटर प्रयोग गरेर बालुवा निकालेर निकासी भएको हो । स्थानीय तहले ठेक्का लगाएपछि मात्र नदी जन्य वस्तुको उत्खनन् गरी बिक्री वितरण गर्न पाइने नीतिगत व्यवस्था गरेको छ । 

प्रदेश सरकारले असार १५ गतेदेखि तीन महिनासम्म बगर उत्खनन्मा रोक लगाएको छ । नीतिगत वयवस्थाअनुसार बगर उत्खनन्मा एक्साभेटर (डोजर)को प्रयोग गर्नसमेत पाइँदैन । भिरकाटेको बगरमा साँझ र रातिमा एक्साभेटर परिचालन गरेर बालुवा निकालेर निकासी भैरहेको स्थानीयबासी बिमल बरुवालले बताउनुभयो । अबैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी हुँदा गाउँपालिकालाई आम्दानीको स्रोत गुमेको छ । नीतिगत ब्यवस्थाको उल्लङ्घन भएको छ । बेनी–जोमसोम सडकको छेउछाउमा भएको अबैध उत्खनन् नियन्त्रणका लागि सम्बद्ध पक्षले बेवास्ता गरेको स्थानीयबासी शिव खड्काले बताउनुभयो । 

बालुवा उत्खनन् भएको ठाउँमा बुधबार गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदी र अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तरगत गाउँ संरक्षण तथा व्यवस्थापन समितिका पदाधीकारीहरुको टोलीले छुट्टाछुट्टै अनुगमन गरेको थियो । प्रशासकीय अधिकृत सुवेदीले अनुगमनमा जाँदा बालुवा निकालेर थुपारेको भेटिएको तर उत्खनन् गर्ने डोजर र ढुवानी गर्ने साधन नदेखिएको बताउनुभयो । अबैधरुपमा उत्खनन् र ढुवानीमा संलग्न ब्यक्तिलाई पक्राउ तथा साधनलाई नियन्त्रणमा लिने, जरिवाना तिराउने र उत्खनन् भएका नदीजन्य बस्तु जफत गरी बढीबढाउमा बिक्री गर्ने कानुनी व्यवस्था छ । 

अन्नपूर्ण गाउँपालिकाले बगर ठेक्का लगाउनका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको क्रममा छ । इआइए रिपोर्ट जिल्ला समन्वय समितिले पारित गरेपछि ठेक्का आव्हान गर्ने र प्रतिस्पर्धामा बढी कबोल गर्नेले राजस्व तिरेर उत्खनन् तथा निकासी गर्न पाउँछन् । गत वर्ष तीन पटक सूचना प्रकाशन गर्दासमेत अन्नपूर्ण गाउँपालिकाका बगर उत्खनन्का लागि कसैले पनि ठेक्का हालेका थिएनन् । ठेक्का नलाग्दा गाउँपालिकालाई रु साठी लाखभन्दा बढी आम्दानी गुमेको थियो । ठेक्का नलाग्दै उत्खनन् गरेपछि बगर रित्तिने भएकाले प्रतिस्पर्धामा भाग लिन ब्यवसायीले बेवास्ता गरेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो