Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

म्याग्दीको अर्मनमा ‘एक घर, एक धारा’

२०८२, ९ बैशाख मंगलवार ११:२६

काठमाडौँ | मङ्गला गाउँपालिका–५ (साविक अर्मन गाविस)मा पाँचवटा खानेपानी आयोजना सञ्चालन भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), कादुरी संस्था, मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानसहित रु दुई करोड ८४ लाख ६४ हजार १२२ को लागतमा निर्माण हुन लागेका आयोजनाबाट तीन सय ६५ घरपरिवार लाभान्वित हुनेछन् ।

मङ्गला –५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले नेवा, गाउँपालिका र उपभोक्ताको रु एक करोड ७९ लाख ६४ हजार १२२ को लागतमा निर्माण भइरहेका चार आयोजनाबाट दुई सय ७१ धारा र कादुरी संस्थाको रु एक करोड पाँच लाखको लागतमा निर्माण हुने एक योजनाबाट ९० धारामार्फत खानेपानी वितरण गरिने जानकारी दिनुभयो ।

“पाँचवटै योजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित धमाधम निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रका सबै घरका साथै विद्यालय, स्वास्थ्य संस्था र मन्दिरमा पनि निजी धारा जडान गरेर खानेपानी वितरण हुन्छ ।”

नेवामार्फत रु ४८ लाख २२ हजार ४७ को लागतमा निर्माण हुने पाखु–कुरसिम्ला खानेपानी योजनाबाट ८४ धारा, रु २९ लाख ९२ हजार ७३९ लागत रहेको दिही–कुमलेरा खानेपानी योजनाबाट ३५ धारा, रु ६४ लाख ६२ हजार ९१२ लागत रहेको सिरकुम खानेपानी योजनाबाट ९० धारा र रु ३६ लाख ८६ हजार ८७० लागत रहेको अर्मन खानेपानी योजनाबाट ६३ धारा निर्माण हुने वडाध्यक्ष खत्रीले बताउनुभयो ।

कादुरी संस्थामार्फत रु एक करोड पाँच लाखको लागतमा निर्माण हुने टिकावाङ खानेपानी योजनाबाट ९० धारा बनाइने भएको छ । नेवामार्फत कार्यान्वयन हुने योजनामा कुल लागतको ४९ प्रतिशत नेवा, २५ प्रतिशत गाउँपालिकाको अनुदान र २६ प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ । घरघरमा खानेपानी धाराका साथै भाँडा धोएपछि सुकाउने पक्की चाङ पनि बनाइनेछ ।

करिब एक हजार घरपरिवारको बसोबास रहेको साविक अर्मन गाविसको किमचौर र नेटामा गत वर्ष कादुरीमार्फत ‘एक घर, एक धारा’सहितको खानेपानी योजना निर्माण भएको थियो । पोक, छिसवाङ, सेरा, पिपलबोट, हाडेभिर क्षेत्रमा यसअघि पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानेपानी योजना निर्माण भएको थियो ।

मङ्गला–५ पोकका बासिन्दा भरत सापकोटाले हाल सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएकामा घरमा नै निजी धारा भएपछि समयको बचत, सहज र सुविधा हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश