नन्दराम जैशी | साउन १३ जुम्ला | गरिबि निवारण कोषको आर्थिक सहयोगमा खुद्रा पसल ब्यवसाय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन १३ जुम्ला | गरिबि निवारण कोषको आर्थिक सहयोगमा खुद्रा पसल ब्यवसाय "/>
२६ पुष २०८२, शनिबार
अर्थ/विकास

गरिबि निवारण कोषको सहयोगमा संचालित खुद्रा पसल ब्यवसाय फस्टाउदै

१३ श्रावण २०७३, बिहीबार ०३:५९

नन्दराम जैशी | साउन १३ जुम्ला | गरिबि निवारण कोषको आर्थिक सहयोगमा खुद्रा पसल ब्यवसाय संचालन गर्नु भएका जुम्ला मालिकाठाटा १ पुरु का जयविर नेपालीको ब्यवसाय फस्टाउदै गएको छ । विगत ५ बर्ष यता गाँउमा खुद्रा पसल ब्यवसाय गर्नु भएका नेपालिले घर खर्च संचालनका लागि उक्त उत्तम भएको बताए । अन्य ब्यवसाय गर्न नसकिएपनि आर्थिक अवस्था कमजोर भएका ब्यक्तिका लागि सामान्य घर खर्च संचालन गर्न खुद्रा पसल ब्यवसाय उत्तम भएको नेपालि तर्क गरे ।    

नेपालिले भन्नुभयो, गरिबि निवारण कोषले गाँउमा सामुदायिक संस्था स्थापना गरेपछि २५ हजार रुपैया ऋण लिएर खुद्रा व्यापार शुरु गरेको छु, पहिला छोराछोरीको पढाईसँगै घरखर्च जुटाउन हम्य हम्य हुन्थ्यो, हाल खुद्रा व्यापार शुरु गरेदेखि सानो ठुलो समस्याको लागि कसैको मुख ताक्नु पर्ने अबस्था छैन । ऋणलाई आम्दानी हुने क्षेत्रमा लगानी गर्न सके सबैको जीवनशैलीमा परिवर्तन आउनु कुनै समय कुर्नु नपर्ने उनले तर्क गरे । कुनै पनि व्यापार व्यवसायबाट साचे अनुरुपको आम्दानी लिनको लागि ब्यवसायमा निरन्तरताको आबश्यकता रहेको उनको भनाई छ ।

ऋण सहि लगानि गर्नसके श्रम गर्नेहरुको लागि गरिबी निवारणकोष दाता भएको भन्दै अर्कोतिर बालबालिकाहरुको सुनौलो भविष्यको लागि व्यवासय गर्नु बाध्यता पनि रहेको नेपालिको धारणा छ । गरिबी निवारण कोषले गरेको काम न्युन आयस्तर भएकाको लागि प्रभावकारी रहेको र ऋण लगानी गरिसकेपछि त्यसको उपलब्धीका लागि पनि बेलाबेलामा सरोकारवाला निकायद्धारा सहि अनुगमन तथा निरिक्षण गर्नु पर्नेमा स्थानियको जोड छ ।

आर्थिक अबस्था न्युन भएका घरपरिवारको जीवन स्तर उकास्ने उद्देश्य अनुरुप गरिबी निवारण कोषले आबश्यकताको आधारमा ऋण उपलब्ध गराएपछि स्थानिय स्तरमा धेरैको जीवनशैलीमा परिवर्तन भएको हिमाली एकिकृत विकास केन्द्र जुम्लाका कार्यक्रम संयोजक मुन बहादुर नेपालीले बताए ।

विदेशीने जुम्लाका युवाहरुले जिल्लामै श्रम गरे गरिबी निवारण कोषले आबश्यकताको आधारमा ऋण उपलब्ध गर्ने गरेको जानकारी गर्दै विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमा आत्मनिर्भर बनाउन गरिबी निवारण कोषले आयआर्जन मुलक कार्यक्रम संचालन गरीरहेको उनको भनाइ छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला