२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारको निर्देशन विपरीत पिसिआर परीक्षण शुल्क उठाउँदै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

२०७७, ३ आश्विन शनिबार ०३:४७

असोज ३, चितवन | बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन विपरीत पिसिआर परीक्षण शुल्क लिएको छ । मन्त्रालयले पिसिआर परीक्षण शुल्क रु दुई हजार मात्र लिन सरकारी र निजी अस्पताल एवं प्रयोगशालालाई निर्देशन गरेको छ ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार नमूना सङ्कलनका लागि रु ५०० अतिरिक्त शुल्क अस्पतालले लिँदै आएको छ । उहाँले भन्नुभयो' “अस्पताल सञ्चालक समितिले निर्णय गरेकाले हामीलाई घटाउने अधिकार छैन ।” रिएजेण्टहरुको बोलपत्र भएकाले अबको खरिदमा मूल्य घटेमा समितिको बैठकले घटाउने निर्णय गर्ने उहाँको भनाइ छ । अस्पतालले भिटिएमसहित खर्चका लागि भन्दै स्वाब सङ्कलनमा अतिरिक्त रकम उठाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले पिसिआर परीक्षणमा रु दुई हजारभन्दा बढी कसैले लिन नपाउने बताउनुभयो । कसैले अटेर गरेमा कारवाही गरिने उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अतिरिक्त शुल्क लिएको विषयमा आँफूले बुझ्ने जानकारी दिनुभयो । यहाँ भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा परीक्षण निःशुल्क गरिएको छ भने चितवन मेडिकल कलेजले रु दुई हजार मात्र लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा