४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिमीकोटमा यस वर्ष पनि सडक पुग्न कठिन

७ आश्विन २०७७, बुधबार ०७:४५

सञ्चिता घिमिरे । असोज ७, काठमाडौँ । देशभरका ७७ जिल्लामध्ये सडक सञ्जालसँग जोडिन बाँकी रहेको एक मात्रै जिल्ला हुम्ला सदरमुकाम सिमीकोटमा चालु आर्थिक वर्षमा पनि सडक पुग्न कठिन देखिएको छ । 

हुम्लाको सदरमुकामसम्म सडकको ट्र्याक खोल्न सडक विभाग र नेपाली सेना दुवै लागिपरेका छन् । सडक विभागले निर्माण गरिरहेको झण्डै एक किमी सडकका कारण चालु आर्थिक वर्षमा पनि सिमिकोट सडक पुग्न कठिन हुने देखिएको उत्तर दक्षिण करिडोर निर्देशनालयले जनाएको छ । 

सबैतिरबाट सहयोग भएमा चालु आवमा सक्ने गरी लागिएको निर्देशनालयका प्रमुख शिवप्रसाद नेपालले बताउनुभयो । उहाँका अनुसार नेपाली सेनाले ब्लास्ट गर्न सहयोग र स्थानीयवासीले जग्गामा सहजीकरण गर्दा मात्रै यो वर्ष सकिने देखिएको छ । 

आयोजनाले निर्माण गरिरहेको ५० किमीमध्ये ३५ किमी ट्र्याक खोलिसकेको छ भने १५ किमी ट्र्याक खोल्न बाँकी छ । कर्णाली राजमार्ग आयोजनाले काम गरिरहेकामा दुई चट्टान क्षेत्र र दुई सजिलो क्षेत्र छ । चट्टान क्षेत्रमा ट्र्याक खोल्नका लागि आवश्यक उपकरण ढुवानी गर्न कठिन रहेको प्रमुख नेपालले बताउनुभयो । 

ट्र्याक खोल्न बाँकी एक किमी कठीन भूगोल रहेको छ । असाध्यै ठूला चट्टान रहेको हुँदा काममा कठिनाइ रहेको छ । आयोजनाले पनि सलिसल्ला र सिमीकोट गरी दुवैतर्फबाट निर्माणको काम गरिरहेको छ । सजिलो ठाउँ काम गरिसकिएको र अप्ठेरो ठाउँमा काम गर्न आवश्यक उपकरण र विस्फोटक पदार्थ लग्ने काम भइरहेको उहाँले बताउनुभयो । 

आयोजनाले निर्माण गरिरहेको स्थानमा विस्फोटक पदार्थ सिमीकोटदेखि ल्याएर सेनाको टोलीले काम गरिरहेको छ । अहिले सिमीकोटबाट सेनालाई हिँडेर आउनै तीन दिन लाग्छ । आयोजनाले  तयारी गरेर बोलाउँदा अहिले महिनामा दुई वटा मात्रै विस्फिोटन हुनसक्ने अवस्था रहेको प्रमुख नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “यही हिसाबले काम गर्दा यो वर्ष सकाउन पनि अप्ठेरो छ ।” 

जहाँ विस्फोटन गर्ने त्यही सेनाको टोली गएर बस्दा बल्ल यो आवमा सकिने प्रमुख नेपालले जानकारी दिनुभयो । सेना त्यहाँ नजिकै बस्दा आज विस्फोटन गरेर भोलि सफा पर्सी फेरि विस्फोटन हुनसक्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो विषयमा सहजीकरण गर्न भन्दै रक्षा मन्त्रालयलाई अनुरोध गरेको छ । उहाँले भन्नुभयो, ”उताबाट त्यहीँ अनुसार निर्णय आउँदा सजिलो हुनेछ ।”  

कालिकोटको खुलालदेखि हुम्ला सदरमुकाम सिमीकोटसम्म १२३ किमी सडकको ट्र्याक  खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । त्योमध्ये ११३ किमी ट्र्याक खोलिसकेको छ भने झण्डै १० किमी ट्र्याक खोल्न बाँकी छ । सो क्षेत्रमा आगामी वैशाखसम्म सक्ने गरी सेनाले निर्माण अघि बढाइरहेको छ ।   

देशभरका अरु आयोजनामा जस्तै यो सडकमा पनि निर्माण व्यवसायीको कारण पनि ढिलाइ भइरहेको छ । निर्माणमा जति मान्छे र उपकरण चाहिने मात्रामा नलाने गरेर ढिलाइ गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले लगानीका हिसाबले एउटा उपकरण दुर्गममा तीन÷चार लाख रुपयाँ खर्च हुने हुँदा समयमा काम गर्न खोज्दैनन् ।” 

मौसमका कारणले पनि निर्माण सजिलो नभएको प्रमुख नेपालले बताउनुभयो । हुम्लामा मौसमका कारण काम गर्न कठिनाइ रहेको छ । हिउँदमा हिउँ पर्ने हुँदा त्यो समयमा यहाँ सडक निर्माणको काम गर्न नसकिने उहाँले बताउनुभयो । त्योबाहेक एक वर्षमा काम गर्ने अवधि जम्मा पाँच छ महिना मात्रै हुन्छ । उहाँले भन्नुभयो, “एकातिर भौगोलिक कठिनाइ एकातिर हिउँपर्ने हुँदा निर्माण सम्पन्न चाँडो गर्न सकिने देखिँदैन ।” 

राजमार्गको निर्माणाधीन खण्डमा कतै नेपाली सेनाले र कतै सडक विभागले निर्माणको काम अघि बढाइरहेको छ । सडक निर्माणमा बजेटको भने समस्या नभएको निर्देशनालयले जनाएको छ । निर्देशनालयमा विगतका वर्षदखि नै बजेटको समस्या नभएको प्रमुख नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन राजमार्गमध्ये एउटामा बजेट कम हुँदा अर्को राजमार्गबाट हालेर पनि काम भइरहेको छ ।”

यो राजामर्गको उत्तरमा चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहसम्म कूल लम्बाइ ५३१ किमी रहेको छ । उत्तर दक्षिण करिडोरअन्तर्गतका तीन राजमार्गमध्ये कर्णाली राजमार्ग पनि एक हो । लम्बाई पनि धेरै र भौगोलिक कठिनाइ भएकाले यो सडक कहिलेसम्म निर्माण सकिन्छ भनेर यकिन गरेर भन्न नसकिने जनाइएको छ । कालीगण्डकी र कोशी गरी अरु दुई राजमार्ग झण्डै चार÷पाँच वर्षमा कालोपत्र सम्पन्न गर्ने निर्देशनालयको योजना छ । 

यो राजमार्गमा त्योभन्दा बढी समय लाग्ने देखिएको छ । एउटा राजमार्गमा रु डेढ अर्ब बजेट राख्दा दुवै राजमार्ग चार÷पाँच वर्षमा लक्ष्य राख्दा पनि सम्पन्न हुने देखिएको हो । कर्णाली राजमार्गमा भने विभिन्न कठीनाइका कारण एक वर्षमा ५० किमी कालोपत्र गर्न कठिन छ । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखे पनि उत्तर–दक्षिण करिडोर यो वर्षसम्म सम्पन्न गर्ने भनी लक्ष्य निर्धारण गरिसकेको छैन । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ