२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कलिलैमा किसानले किवी टिपेपछि समस्या

२०७७, ९ आश्विन शुक्रबार ०५:०२

असोज ९, इलाम । कलिलै टिपेर  किसानले किवीफल बजार पुर्याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ । किसानले विभिन्न बाहनामा काचै किवी टिपेर बजार पुर्याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन् ।

बेला नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय भएको हो । कृषि ज्ञान केन्द्र, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्य सङ्घ, जिल्ला सहकारी सङ्घका प्रतिनिधिबीच भएको छलफलले खानयोग्य नभएको किवी बजारमा जाँदा किवीको बजार खस्किने र उपभोक्ता समेत ठगिने भएकाले योग्य नभएको किवी बिक्रीलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो । अपरिपक्व किवी टिप्ने किसानको किवी जोन सञ्चालक समिति र कृषि ज्ञान केन्द्रले तथ्याङ्क सङ्कलन गर्नेछन् ।

बेला नहुँदै किवी टिप्ने किसानलाई राज्यका तर्फबाट उपललब्ध हुने अनुदानलगायत कार्यक्रममा समावेश नगर्ने सरोकारवालाको निर्णय छ ।  अघिल्लो वर्ष पनि किवीखेतीका लागि हानिकारक अभ्यास गर्ने आठ जनाको अनुदान कटौती गरिएको थियो ।

किवी जोन कार्यक्रम कार्यान्वयन भइरहेको इलाम जिल्लाको राँकेबजार, इलाम, फिक्कल हर्कटेलगायत बजारबाट किवी बिक्री भइरहेको पाइएको किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राई बताउनुहुन्छ । कतिपय व्यवसायीले विर्तामोड, दमक, धरानदेखि काठमाडौँसम्म त्यस्तो किवी पुर्याइसकेको सूचना पाएको उहाँको भनाइ छ । कात्तिक अन्तिमतिर मात्रै परिपक्व हुने किवी भदौबाटै बजारमा निस्किएको छ ।

बेला नहुँदै बजारमा निस्किएको किवी स्वादिलो हुँदैन । नपाकेको किवी अमिलो हुन्छ । नछिप्पिदै टिपेको किवी चाउरिने र कुहिन्छ । सामान्यतया गुलियोपन आठ डिग्री ब्रिस्क टिप्न योग्य मानिन्छ । यस्तो किवीलाई गुम्स्याएर खान योग्य बनाइन्छ । गुम्स्याएपछि १९ डिग्री ब्रिक्स गुलियोपन कायम हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाले बताउनुभयो । कात्तिक अन्तिमतिर हरियो विकी टिप्न उचित हुने बर्देवाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश