२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कलिलैमा किसानले किवी टिपेपछि समस्या

९ आश्विन २०७७, शुक्रबार ०५:०२

असोज ९, इलाम । कलिलै टिपेर  किसानले किवीफल बजार पुर्याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ । किसानले विभिन्न बाहनामा काचै किवी टिपेर बजार पुर्याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन् ।

बेला नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय भएको हो । कृषि ज्ञान केन्द्र, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्य सङ्घ, जिल्ला सहकारी सङ्घका प्रतिनिधिबीच भएको छलफलले खानयोग्य नभएको किवी बजारमा जाँदा किवीको बजार खस्किने र उपभोक्ता समेत ठगिने भएकाले योग्य नभएको किवी बिक्रीलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो । अपरिपक्व किवी टिप्ने किसानको किवी जोन सञ्चालक समिति र कृषि ज्ञान केन्द्रले तथ्याङ्क सङ्कलन गर्नेछन् ।

बेला नहुँदै किवी टिप्ने किसानलाई राज्यका तर्फबाट उपललब्ध हुने अनुदानलगायत कार्यक्रममा समावेश नगर्ने सरोकारवालाको निर्णय छ ।  अघिल्लो वर्ष पनि किवीखेतीका लागि हानिकारक अभ्यास गर्ने आठ जनाको अनुदान कटौती गरिएको थियो ।

किवी जोन कार्यक्रम कार्यान्वयन भइरहेको इलाम जिल्लाको राँकेबजार, इलाम, फिक्कल हर्कटेलगायत बजारबाट किवी बिक्री भइरहेको पाइएको किवी जोन सञ्चालक समितिका अध्यक्ष देउकुमार राई बताउनुहुन्छ । कतिपय व्यवसायीले विर्तामोड, दमक, धरानदेखि काठमाडौँसम्म त्यस्तो किवी पुर्याइसकेको सूचना पाएको उहाँको भनाइ छ । कात्तिक अन्तिमतिर मात्रै परिपक्व हुने किवी भदौबाटै बजारमा निस्किएको छ ।

बेला नहुँदै बजारमा निस्किएको किवी स्वादिलो हुँदैन । नपाकेको किवी अमिलो हुन्छ । नछिप्पिदै टिपेको किवी चाउरिने र कुहिन्छ । सामान्यतया गुलियोपन आठ डिग्री ब्रिस्क टिप्न योग्य मानिन्छ । यस्तो किवीलाई गुम्स्याएर खान योग्य बनाइन्छ । गुम्स्याएपछि १९ डिग्री ब्रिक्स गुलियोपन कायम हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाले बताउनुभयो । कात्तिक अन्तिमतिर हरियो विकी टिप्न उचित हुने बर्देवाले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला