२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालन

२०७७, ७ कार्तिक शुक्रबार ०२:३७

कात्तिक ७, चितवन | चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो । 

भरतपुर महानगरपालिकाको रु २५ लाख र समूहको सहभागितामा थप रु सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सीप र क्षमताको आधारमा बहुउपयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्यमशीलताले मात्र परिवार र समाजलाई समृद्ध बनाउन सक्छ, तसर्थ आधुनिक प्रविधि सीपमार्फत उत्पादकत्व बढाउन सबै एकत्रित हुनुपर्छ ।”

रोजगार सिर्जना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उहाँले यस्ता योजना लिएर महानगरपालिका आउनेलाई सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो । कार्यक्रममा वडा नं २१ का वडाअध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रका समुदायलाई सीप सिकाइमा उपयोगी हुने बताउनुभयो । समूहका अध्यक्ष एवं दिव्या शर्माले समूहको आयव्यय तथा समूहले गरेका गतिविधिहरूको बारेमा जानकारी गराउनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा