१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीर्ण बन्दै राप्ती लोकमार्ग : सुविधाभन्दा सास्ती धेरै

२७ कार्तिक २०७७, बिहीबार ०५:४१

कार्त्तिक २७, सल्यान । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ ।

राप्ती लोकमार्गका विभिन्न स्थानमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ । यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । अधिकांश स्थानमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्र उप्किएको स्थानीयवासीको भनाइ छ । वटासिल उप्किएपछि सडक धुलाम्य बन्दै गएको छ ।

दाङ­सल्यान­रुकुम खण्ड जीर्ण बन्दा स्थानीयवासीलाई सास्ती भएको स्थानीय लालबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार दाङ–सल्यान खण्डको राम्रीबाट शीतलपाटी र शीतलपाटीबाट खौलासम्म सबैभन्दा बढी खाल्डाखुल्डी छन् । “सडकको अवस्था दयनीय हुँदा पनि सम्बन्धित निकाय मौन छ”, उहाँले भन्नुभयो, “सडक पूर्णरूपमा कालोपत्र भए तुलसीपुरबाट सल्यान खलङ्गा आउन बढीमा डेढ घण्टा लाग्छ, तर जीर्ण सडकका कारण गाडीले चार घण्टाभन्दा बढी समय लगाउने गरेका छन् ।”

गाडी चालकसमेत रहनुभएका खत्रीका अनुसार सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्नेपछार्ने गर्दछ, यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ, यात्रा गर्न जोखिम पनि उत्तिकै छ । बर्सातमा हिलो र हिउँदमा धुलोका कारण नागरिकले सास्ती पाउँदा पनि सम्बन्धित निकाय मौन रहेको उहाँको गुनासो छ ।

यातायात व्यवसायी प्रकाश भण्डारीले राप्ती लोकमार्गको सबै क्षेत्रमा खाल्डाखुल्डी परेकाले गाडी चलाउन कठिनाइ हुने गरेको बताउनुभयो । “जीर्ण सडकका कारण गाडी छिटो बिग्रने र दुर्घटना हुने जोखिम पनि त्यत्तिकै मात्रामा रहन्छ”, उहाँले भन्नुभयो । सडक मर्मतको नाममा करोडौँ रकम विनियोजन गरिए पनि सडकको अवस्था बिगँ्रदै गएको उहाँको भनाइ छ । सम्बन्धित निकाय मौन बस्दा समस्या भएको उहाँको दुखेसो छ ।

अस्तव्यस्त राप्ती लोकमार्गका कारण गाडी दुर्घटना पनि बढेको छ । सडक निर्माण भएको लामो सममसम्म पनि सडक चौडा नभएका कारण सडक जीर्ण बनेसँगै दुर्घटना बढेको हो । सडक साँघुरो हुनु, खाल्डाखुल्डी हुनु तथा गाडीलाई घुम्तीमा साँघुरो हुनुका कारण दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्दीप विकले जानकारी दिनुभयो ।

विगतका केही ठूला दुर्घटनालाई हेर्ने हो भने राप्ती लोकमार्गमा दुर्घटना धेरै हुने गरेको देखाउँछ । विसं २०६३ मा सल्यानको भाण्टाखोलामा गाडी दुर्घटना हुँदा ४० भन्दा बढीको मुत्यु भएको थियो । यस्तै विसं २०७५ मा राम्रीमा स्कूलबस दुर्घटना हँुदा २२ भन्दा बढीको मृत्यु भएको थियो । राप्ती लोकमार्गअन्तर्गत अमेलियाबाट रुकुमको सल्लेसम्म १६८ दशमलव ५४ किलोमिटर सडक पर्दछ । यसमा दाङ क्षेत्रमा सडकको अवस्था सन्तोषजनक नै भए पनि सल्यान खण्ड र रुकुम खण्ड जीर्ण बनेको छ ।

सडक डिभिजन कार्यालय दाङले राप्ती लोकमार्गको सडक स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । कार्यालयका प्रमुख नीरज शाक्यले ठेक्का व्यवस्थापनको काम भइरहेको र दुई प्याकेजमा काम अगाडि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले चोरखोलाबाट शीतलपाटीसम्म र शीतलपाटीबाट मुसीकोटसम्म गरेर दुई प्याकेजमा काम गरिने जानकारी दिनुभयो ।

“शीतलपाटी–मुसीकोट खण्डमा कामको थालनी भएको छ, चोरखोलाबाट शीतलपाटीसम्मका लागि ठेक्का व्यवस्थापनको काम भइरहेको छ, डबल कटिङसहित सडकको स्तरवृद्धि गरिनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार चोरखोला–शीतलपाटीका लागि रु १५ करोड विनियोजन भएको छ भने शीतलपाटी–मुसीकोटको काम रु चार करोड ९५ लाखमा शुरु गरिएको छ । चोरखोला–शीतलपाटी सडकको ठेक्का प्रक्रिया अगाडि बढाएको बताउँदै बहुवर्षीय आयोजनाअन्तर्गत काम गरिने उहाँले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जीर्ण बन्दै गएको राप्ती लोकमार्गको स्तरोन्नतिका लागि पहल भइरहेको जानकारी दिनुभयो । उहाँले अबको केही समयमा नै ठेक्का प्रक्रिया शुरु गरेर कामको थालनी गरिने जानकारी दिनुभयो । यसका लागि बजेट सुनिश्चित भइसकेको उहाँको भनाइ छ ।

“कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने मुख्य मार्गका रूपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नतिका लागि विगतदेखि नै पहल गर्दै आएको छु, आर्थिक वर्ष २०७५÷७६ मा सल्यान–दाङको सिमानाबाट सल्यानतर्फको सडकको स्तरोन्नति गर्न दुई प्याकेजका लागि करिब रु ९६ करोड सुनिश्चित भएको थियो, तर एउटा बोलपत्र भएर पनि रद्द भयो, अर्को बोलपत्र नै हुन सकेन”, उहाँले भन्नुभयो ।

गत वर्ष निर्माण भएको नयाँ नियमावलीमा बहुवर्षीय ठेक्कामा लैजानका लागि बजेट कम भएकाले समस्या भएको उहाँको भनाइ छ । मन्त्री ज्वालाले यस वर्ष बजेट सुनिश्चित भएकाले बहुवर्षीय ठेक्कामा लैजाने तयारी भएको र अबको केही महिनामा काम सञ्चालनका लागि सडक डिभिजन कार्यालयले बोलपत्र आह्वान गर्ने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै आजदेखि सकियो दसैँ बिदा, सरकारी कार्यालय खुल्दै सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज नियुक्त ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो (फोटो फिचर) हिजबुल्लाहद्वारा इजरायलमा ठूलो आक्रमण: चार इजरायली सेनाको मृत्यु २३९ यात्रु रहेको विमानमा बम रहेको धम्की, दिल्लीमा अवतरण गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै, यस्तो छ तयारी लमजुङमा जिप दुर्घटना: २२ जना घाइते, ५ जना भरतपुर लगियो पोल्याण्डमाथि पोर्चुगलको शानदार जित, शतप्रतिशत जितको लय कायम