२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

रोजगारी गुमाएर फर्किएकालाई स्वरोजगार बनाइँदै

२ मंसिर २०७७, मंगलवार ०७:२२

प्रेमनारायण आचार्य। मङ्सिर २, अर्घाखाँची । अर्घाखाँचीका स्थानीय तहहरुले बेरोजगार भई स्वदेश तथा विदेशबाट घर फर्किएका यहाँका नागरिकलाई कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएका छन् । कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न कृषकलाई बीउबिजन सहयोग गर्नेदेखि लिएर उत्पादन भएको तरकारी बजार पुर्याउनेसम्मका योजना अघि सारेका छन् र यसका लागि बजेट विनियोजन पनि गरेका छन् । 

सन्धिखर्क नगरपालिकाले यस वर्ष कृषि र पशुपालनका लागि रु सात करोड ८७ लाख बजेट विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले जानकारी दिनुभयो । नयाँ हाटबजार निर्माणका लागि समेत रु दुई करोड रकम बजेट विनियोजन गरेको छ । गएको दुई वर्षमा कृषि पेशालाई यान्त्रिकरण गर्न र किसानले नयाँ प्रविधि अपनाउन भनेर उनीहरुलाई ३० ओटा मिनी टिलर अर्थात हाते ट्याक्टर वितरण गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो । 

दुई सय ५० थान टनेल, थोपा सिँचाइ १०० सेट, २०० माहुरीका घार वितरण गरेको छ । करिब ५२ क्विन्टल मकैको बीउ र २६ क्विन्टल गँहुको बीउ, मौसमी तथा बेमौसमी तरकारीको बीउ दुई हजार प्याकेट र च्याउको बीउ ६०० प्याकेट ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिनुभयो । गतवर्ष कृषि र पशुपालनमा रु एक करोड २० लाख बजेट विनियोजन भएको थियो । गएको दुई वर्षमा सन्धिखर्क नगरपालिकाले नश्ल सुधारका लागि ३६ ओटा बोयर बोका, छ वटा उन्नत जातका राँगा वितरण गरेको नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले बताउनुभयो । उन्नत जातका घाँसका बीउ मलासेस, ब्रसिम, जै, घाँसलगायतका घाँस ९ क्विन्टल वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

 त्यसैगरी ४४ वटा गाईभैँसीको गोठ सुधार, दुई ओटा कुखुराको खोर सुधार र छ ओटा बाख्राको खोर सुधारका कार्यक्रम सञ्चालन गरेको थियो । शीतगङ्गा नगरपालिकाले यसवर्ष कृषि र पशुपालनका लागि रु तीन करोड रकम बजेट विनियोजन गरेको छ । कृषकको मागमा आधारित कार्यक्रम सञ्चालन गर्न तथा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्न बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो ।

प्रत्येक वडामा कृषि र पशुपालनका लागि भनेर रु एक लाख ५० हजारका दरले १४ वडामा बजेट पठाइएको छ । नगरपालिकाको कूल बजेट रु तीन करोड रहेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो । नगरपालिकाले स्थानीय जातको कुखुराको मासु, कागती कफी र केरामा पनि बिक्रीको आधारमा अनुदान दिने निर्णय गरेको छ । गतवर्ष शीतगङ्गा नगरपालिकाले उत्पादनमा आधारित अनुदान रकम मात्र ७५ लाख वितरण गरेको छ । गतवर्ष कृषिमा यान्त्रिकरण गर्न नगरपालिकाले ५० ओटा मिनी टिलर पनि कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको नगर उपप्रमुख टिका रेग्मीले जानकरी गराउनुभयो । माहुरीका घार पनि ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको नगरपालिकाले जनाएको छ । भूमिकास्थान नगरपालिकाले कृषिमा रु ४५ लाख र पशुपालनका लागि समान रु ४५ लाख विनियोजन गरेको छ । सङ्घ र प्रदेशबाट आएकासमेत गरी कृषि र पशुपालनमा झण्डै रु तीन करोड बजेट रहेको भूमिकास्थान नगरपाकिलाका नगर प्रमुख रेशम थापाले जानकारी दिनुभयो । 

नगरपालिकाले गत वर्ष कृषक तथा कृषक समूहको मागका आधारमा १५ हजार कागतिका बिरुवा, ९० ओटा टनेल, १७३ वटा माहुरीका घार र मकै छोड््याउने मेसिन ८ वटा पनि वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख रामबहादुर थापाले बताउनुभयो ।  पशुपालनलाई व्यवस्थित गर्न १५ ओटा भकारो सुधार र सिँचाइको लागि सात वटा सिमेन्ट पोखरी समेत कृषकको घर गाउँमा निर्माण गरेको छ । कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई कृषि पेशामा आवद्ध गराउने खालका कार्यक्रमहरु यस वर्ष सञ्चालन गर्न पर्याप्त बजेट छुट्याइएको नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्बासेले बताउनुभयो ।  

मालारानी गाउँपालिकाले कृषि र पशुपालन गर्न चाहने युवालाई बिना धितो स्वरोजगार ऋण प्रदान गर्ने भएको छ । स्वरोजगार कोष खडा गरी कृषि र पशुपालन व्यवसायमा लाग्ने युवालाई रु दूई लाख देखि १० लाखसम्म ऋण प्रदान गर्ने कार्यक्रम सञ्चालन भएको छ । उनले यो वर्ष कृषि विकास बैंकबाट गाउँपालिकामा रहेका युवालाई रु ६ करोड प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गर्न थालिएको छ । पालिकाले गतवर्ष ८१ जना कृषकलाई चार ओटाका दरले बोयर जातका बाख्रा प्रदान गरेको थियो । कृषि पेशालाई आधुनिक बनाउन र यान्त्रिकरण गर्न  कृषकको मागका आधारमा ३० वटा मिनी टिलर अर्थात हाते ट््याक्टरसमेत गत वर्ष ८० प्रतिशत अनुदानमा वितरण गरेको छ । मकैको बीउ, कागती, सुन्तला, तथा चियापत्तीका बिरुवा पनि कृषकलाई वितरण गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत नेत्रप्रसाद खनालले बताउनुभयो ।

यसवर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । छत्रदेव गाउँपालिकाले कृषि र पशुपालनबाट मात्रै आर्थिक वृद्धि हुने निष्कर्ष निकालेर युवालाई  स्वरोजगार बनाउने खालका कार्यक्रम सञ्चालन गर्दैछ । यसका लागि यसवर्ष झण्डै रु दुई करोड विनियोजन गरेको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो । परम्परागत तथा निर्वाहमुखी कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न र लागि परेको बताइएको छ । 

व्यावसायिक कृषि तथा पशुपालन फर्ममार्फत् कार्यक्रम सञ्चालन गर्ने काममा गाउँपालिकाले जोड दिएको छ । कोरोनाले गर्दा रोजगारी गुमाएर घर फर्किएका युवालाई उत्पादनमुखी कृषि पेशाका लागि ऋण दिन बैंकसँग पनि समन्वय गरिएको छ । हलोको सट्टा मिनी टिलर, परम्परागत कुटो तथा कोदालोको सट्टा नयाँ सामग्रीको प्रयोग गरी कम समय र कम लागतमा उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताउनुभयो । माटो सुहाउँदो तरकारी तथा अन्नखेतीका लागि माटो परीक्षणशाला गाउँपालिकाले सञ्चालन गरेको छ भने एक घर एक करेसाबारीको अभियान घरघरमा पुर्याएको छ । 

बोयर जातको बाख्रापालन प्रवद्र्धन गर्न गतवर्ष अष्ट्रेलियाबाट सो जातका बोयर खरिद गर्न बोलपत्र आह्वान गरे पनि कोरोनाका कारण काम हुनसकेको थिएन । यसवर्ष उक्त कामका लागि रु एक करोड विनियोजन गरेको छ । पाणिनी गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । यी बस्तु निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ । केही समय पहिला अण्डा र मासु अन्तबाट ल्याउनुपर्नेमा यसवर्ष कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवाहरुलाई कृषिमा लगाउन झण्डै रु तीन करोड विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो ।

 यसवर्ष सो गाउँपालिकाले दूधमा प्रतिलिटर रु पाँच अनुदान दिने भएको छ । यसअघि प्रतिलिटर रु दुई रुपैयाँ ५५ पैसाका दरले अनुदान दिएको थियो ।  गाउँपालिकामा १० ओटा डेरी र पाँच ओटा पोल्ट्री फर्मबाट सञ्चालित छन् । यी डेरीले गत आर्थिक वर्षमा करिब आठ लाख ६० हजार १३९ लिटर दूध सङ्कलन गरेको र पोल्ट्रिफर्मले दिनैपिच्छे २२ हजार अण्डा उत्पादन गरेको कृषि प्राविधिक दधिराम अधिकारीले जानकारी दिनुभयो ।  

स्थानीय तहमा बोयर बाख्रा र टिस्यु कल्चर विधिबाट आलुको बीउ उत्पादनको केन्द्रका रुपमा विकास गर्ने गरी योजना अगाडि बढाइएको पशु प्रविधिक कृष्ण घिमिरेको भनाइ छ ।  गत वर्ष सो पालिकाले २६ ओटा हाते ट्याक्टर कृषकलाई प्रदान गरेको थियो ।  त्यसैगरी करिब चार सय प्लाष्टिक टनेल ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । यसवर्ष पनि हाते ट्याक्टर तथा घाँस काट्ने मेसिनलगायतका सामग्री प्रदान गरिने भएको छ । 

कृषि शाखा प्रमुख मेघराज पौडेलका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा अष्ट्रेलियाबाट २५ ओटा शतप्रतिशत बोयर बाख्रा ल्याएको थियो । आप्mनो गाउँपालिकालाई बोयर बाख्रापालनको केन्द्र बनाउन लागेको गाउँपालिका अध्यक्ष अच्युत गौतमको भनाइ छ । अहिले यहाँ २३ ओटा बोयर पाठापाठी   हुर्केका छन् । करिब २५ किलोसम्मको तौल भएका पाठीको मूल्य रु एक लाख २० हजार र पाठाको मूल्य एक लाख ५० हजार तथा २५ केजीभन्दा बढी तौल भएमा प्रति केजी थप तीन हजारका दरले बिक्री वितरण गर्ने गरी मूल्य कायम गरिएको छ । यहाँ उत्पादित बाख्रा हाललाई पालिकाभन्दा बाहिर बेच्न नपाउने व्यवस्थासमेत गरिएको छ ।

अड्गुरी मैदान र पोखराथोक गरी तीन स्थानमा स्रोत केन्द्रको पनि स्थापना गरिएको छ । शुरुका वर्षमा बाख्राको बीमा, दाना, औषधि उपचार र खोर निर्माण खर्चसमेत पालिकाले दिँदै आएको थियो । साथै गाउँपालिकाले आलुको बीउ उत्पादनको कार्यक्रम पनि सञ्चालन गरेको छ । टिस्यु कल्चर विधिबाट उत्पादन गरिएका पाँच हजार ७०० दाना गाउँपालिकाल्याई गत वर्षबाट आलुको बीउ उत्पादन थालिएको छ । गतवर्ष वितरित १० किलो बीउबाट यसवर्ष १६ क्विन्टल आलु उत्पादन भएको कृषि शाखाले जनाएको छ । 

वितरण गरिएको प्रतिदाना आलुबाट न्यूनतम १ केजी आलु फलेको कृषि शाखाले वताएको छ । यस विधिबाट उत्पादन भएको आलुको बीउको मूल्य प्रतिकेजी रु दुई सय छ । उहाँका अनुसार यसरी उत्पादन भएको आलुको बीउमा रोग र कीराले पनि कमै छुने गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो