१५ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उखु किशानलाई सरकारको झुटो आश्वासन

२८ मंसिर २०७७, आईतवार ०७:४५

मंसिर २८, काठमाडौँ | यतिबेला सर्लाहीका उखु किसानहरु आन्दोलनका लागि काठमाडौँ आएका छन् | उनीहरुले चिनि उद्योगीबाट बक्यौता रकम हाल सम्म पाएका छैनन् | चिनि उद्योगीबाट उनीहरुको बक्यौता रकम उठाइदिने सरकारले गरेको आश्वासन पुरा नभएपछि आइतबार फेरी आन्दोलनका लागि काठमाडौँ आएका हुन् |

सरकारले गत पुष १६ गते गरेको सम्झौता कार्यान्वयन गरेको छैन | उक्त सम्झौता कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ | किसानले शान्तिपूर्णरुपमा माइतीघरबाट समस्या समाधान नभए सिंह दरबार घर्ने चेतावनी दिएका छन् |

सरकार सँग पटक -पटक आफ्ना माग राख्दा समेत वेवास्था गरेको उनीहरुको भनाइ छ | सरकारले गरेको प्रतिबद्धता अनुसार, मंसिर २६ गते भित्र बक्यौता रकम पाइसक्नु पर्ने भएपनि हालसम्म कुनै प्रगति नभएको उखु किसान संघर्ष समितिका एक सदस्यले बताए |

किसानहरुले श्रीराम सुगर मिलबाट २६ करोड, इन्दिरा सुगर मिलबाट ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलबाट ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलबाट १७ करोड रुपैयाँ बक्यौता रकम लिन बाँकी छ |

यसअघि पुस १८ २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबिच किसानहरुको भुक्तानी दिन सम्झौता भएको थियो |

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबिच भएको सम्झौता यस्तो छ 

विभिन्न जिल्लामा उखु किसानहरुले विगत लामो समयदेखि चिनी उद्योगहरुले भुक्तानी दिन बाँकी रहेको उखु खरिदको बक्यौता रकम भुक्तानी गर्ने सम्बन्धमा यस मन्त्रालय संवेदनशील र गम्भीर भई अधिकतम पहलकदमी गरी किसानहरुलाई रकम उपलब्ध गराउने हरतरहले प्रयासरत छ । 

यसै सन्दर्भमा माननीय मन्त्रीज्यूको पहलमा विभिन्न मितिमा चिनी उद्योग सञ्चालक (उद्योगीहरुसँग र उखु किसानका प्रतिनिधीहरुसँग पटक-पटक छलफल भएको । छलफलमा उपस्थित नभएका चिनी उद्योगका सञ्चालकहरुका हकमा सम्पर्कमा ल्याउनका लागि गृह मन्त्रालय लगायत अन्य सम्बन्धित निकायमा पत्राचार गरी सो पश्चात चिनी उद्योगका सञ्चालकहरु यस मन्त्रालयको सम्पर्कमा आउने र उखु किसानहरुको भुक्तानी दिन सुरु भइसकेको । यसै सन्दर्भमा मा. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीज्यूको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान बीच मिति २०७६/०९/१८ मा देहाय वमोजिमको समझदारी भएको छ ।

 १. नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिमको उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले २०७६ माघ ७ गते भित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने ।

 २. उखु किसान र सञ्चालकहरुसँग सम्वन्धित उखुको उत्पादकत्व बढाउने, किसानहरुलाई समयमै मल, वीउ लगायत मेसीन उपलब्ध गराउने, नेपाली चिनी उद्योगलाई आत्मनिर्भर र चिनी निर्यात समेत गर्न सक्ने बनाउन चिनी उद्योगको सहउत्पादनको उपयोग, उखु वापतको रकम तत्काल भुक्तानी गर्न चिनी उद्योगहरुलाई अवश्यक चालु पुजी र नगद प्रवाहको व्यवस्थापनका उपाय सिफारिस गर्न तथा उखु किसानहरुको हरेक वर्ष देखिने भुक्तानी समस्याको दिगो समाधान गर्न उखु खरिद विक्री गरेको रकम तुरुन्त भुक्तानी हुने स्वचालित प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन यस मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरु, चिनी उद्योगी, किसान प्रतिनिधि र विज्ञहरु समेत रहेको कार्यदल गठन गर्ने र उक्त कार्यदलको प्रतिवेदन क्रमश: कार्यान्वयन गर्ने । 

३. नेपाल सरकारबाट उखु किसानहरुलाई उपलब्ध गराईने अनुदान बापतको रकम किसानहरुले समयमै नपाएको गुनासोका सम्बन्धमा समयमै पर्याप्त रकम निकासाको लागी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने । 

४. उखु किसानहरुको भुक्तानी, चिनीको आपूर्ति लगायतका विषयमा कुनै समस्या/गुनासो भए उखु किसान र उद्योगीहरुले तत्काल जानकारी गराउन र सोको सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखाको रुपमा तोक्ने । 

५. भुक्तानीका लागि काठमाडौंमा आई सरकार समक्ष समेत माग राखेकोमा सबै किसानहरुले आजैबाट ध्यानाकर्षणका गतिविधिहरु तुरुन्त स्थगित गर्ने |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौंबाट धनुषा आइरहेको बसमा एक यात्रु मृत फेला अमेरिकामा सोमबार मात्रै १७ सय ४९ अवैध आप्रवासी पक्राउ हमासले रिहा गर्ने ३३ बन्दीमा ८ जना पहिल्यै मरिसकेको तथ्य सार्वजनिक कास्की उच्च अदालतमा रविले दिएको निवेदनमाथि सुनुवाइ हुँदै, न्यायाधीश राईको इजलासमा पेशी अल-हिलालसँग नेयमारको सम्झाैता रद्द आज लगातार तेस्रो दिन पनि घट्यो सुनचाँदी को भाउ! विभिन्न देशहरुमा पठाइदिने भनी १ करोड २४ लाख रुपैयाँ ठग्ने व्यक्तिहरू पक्राउ आज समाजवादी मोर्चाले बृहत् अन्तर्क्रिया कार्यक्रम गर्दै आफूविरुद्ध अनुसन्धान गर्ने १२ वकिललाई ट्रम्पले गरे बर्खास्त एमाले संसदीय दलको बैठक आज बस्दै, यी विषयमा हुने छलफल ! मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ट्याक्सी चालक पोखराबाट पक्राउ आज दुईवटा संसदीय समितिको बैठक बस्दै आजको विदेशी मुद्राको विनिमय दर कति ? यस्तो छ, आज देशभरको मौसम रास्वपाले अध्यादेशका गुण र दोषका आधारमा संसदमा बहस गर्ने, यी हुन् सचिवालय बैठकका निर्णय भारतका बुमराह बने आईसीसी क्रिकेटर अफ द इयर आशिका तामाङ पुन: पक्राउ आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय, फेरि पक्राउ गरिँदै किष्ट अस्पतालको शौचालयमा ३१ वर्षीय युवक मृत फेला ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप