यस्तो छ, आज देशभरको मौसम

साझासवाल
1 Min Read

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ। बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।