२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

औद्योगिक क्षेत्रबाट वार्षिक १२ अर्ब राजश्व

२०७७, २ पुष बिहीबार ०८:५२

पुस २, वाग्मती । सरकारको स्वामित्वमा रहेको हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान/कार्यालयले वार्षिक करिब रु १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै खाले उद्योग प्रतिष्ठान÷कार्यालयले विभिन्न शीर्षकका नाममा नेपाल सरकारलाई वार्षिक सो बराबरको राजश्व बुझाउँदै आएका हुन् ।

ती उद्योग, प्रतिष्ठान तथा कार्यालयले नेपाल सरकारलाई मूल्य अभिवृद्धि कर, भन्सार शुल्क, अन्तःशुल्क, आयकर, अग्रिम आयकर, अग्रिम करकट्टीलगायत नेपालमा प्रचलित विविध शीर्षकमा वार्षिक करिब रु १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएको कार्यालय प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिनुभयो । 

उद्योग, प्रतिष्ठान र कार्यालय गरी हाल कूल १२८ वटा निकाय रहेको हेटैँडा औद्योगिक क्षेत्रभित्र हाल १०३ वटा उद्योग प्रतिष्ठान चालू अवस्थामा छन् । बन्दबन्दीका कारण आजसम्म सञ्चालनमा हुन नसकेका नौ उद्योग रहेका छन् ।

 यसैगरी हेटौँडा कपडा उद्योगसहित तीन उद्योग प्रतिष्ठान वर्षोदेखि बन्द अवस्थामा छन् । औद्योगिक क्षेत्रभित्र अन्य सङ्घ संस्था र कार्यालय गरी १३ वटा रहेका छन् । थप २२ उद्योग प्रतिष्ठान निर्माणाधीन चरणमा रहेका छन् ।

कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र संरचना निर्माणका लागि साविकको अवस्थामा सरकारी क्षेत्र तर्फबाट रु ९० करोड र निजी क्षेत्रबाट ५५० करोड रकम लगानी भएको देखिन्छ । ती उद्योग प्रतिष्ठानमा हाल चार हजार ४०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् ।

विसं २०२० मङ्सिर २० गते स्थापना भएको हटौँडा औद्योगिक क्षेत्रमा कूल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रफलमध्ये विकसित दुई हजार ८०१ दशमलब ४८ रोपनी ( भाडामा दिन मिल्ने क्षेत्रफल) र अविकसित तथा ग्रिनवेल्ट ४२६ दशमलब ५२ रोपनी जङ्गल क्षेत्र पर्दछ । 

कूल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलब ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल ५९७ रोपनी रहेको छ  । 

औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा रहेका छन् । औद्योगिक क्षेत्रभित्र विद्युत् क्षमता १० एमभिए, पानी क्षमता एक हजार १५३ (प्रति दिन) र फोहर पानी प्रशोधन संयन्त्र क्षमता ११ लाख लिटर  (प्रति दिन) रहेको छ । 

औद्योगिक क्षेत्रभित्र हाल २० वटा जग्गा भाडा सम्झौता भएका र निर्माणधीन अवस्थामा रहेकासहित उत्पादनमूलक उद्योग १३२ वटा , गैह्र उत्पादनमूलक ११ वटा र सेवामूलक सङ्घ/संस्था पाँच रहेका छन् । औद्योगिक क्षेत्रको हातभित्र न्यूनतम दुई÷तीन रोपनीदेखि ७५ रोपनीसम्म उद्योग प्रतिष्ठानले जग्गा भाडामा लिई कारोवार सञ्चालन गर्दै आएका हुन् । 

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ । औद्योगिक क्षेत्रभित्र साविकको पुरानो क्षेत्र र विस्तारी औद्योगिक क्षेत्रमा गैर उत्पादनमूलक उद्योगले फरक–फरक मूल्यमा जग्गा र भवन भाडामा लिँदै आएका छन् ।

चालीस जना कर्मचारी दरबन्दी रहेको यस हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा हाल ३९ जना कर्मचारी कार्यरत छन् ।  औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै उद्योग प्रतिष्ठानका लागि  बाहिरी व्यवस्थापन कामसहित भाडा लिने काम हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गर्दै आइरहेको छ ।

कार्यालयका अनुसार हेटौँडा औद्योगिक क्षेत्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान जग्गा भाडाबाट वार्षिक करिब  रु एक करोड नाफा गर्दै आएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७ /७८ मा आम्दानी तर्फ वार्षिक रु ३९ करोड ३१ लाख र खर्च तर्फ ३८ करोड ४७ लाख अनुमान गरिएको छ । 

कार्यालयका अनुसार आम्दानी  करिब रु ३९ करोड ३१ लाख  आम्दानीमध्ये जमिन बहालतर्फ रु दुई करोड ३५ लाख, भवन बहाल रु ६२ लाख ३० हजार, विद्युत् वितरण रु ३४ करोड ४ लाख, पानी वितरण रु एक करोड ५० लाख र विविधतर्फ ८० लाख खर्च हुने अनुमान छ ।

यसैगरी खर्च कूल रु ३८ करोड ४७ लाखमध्ये बिजुलीतर्फ  रु २९ करोड ६० लाख, मर्मतसम्भारतर्फ ६२ लाख ६६ हजार, कार्यालय सञ्चालन तलब/भत्तातर्फ रु चार करोड ९३ लाख ७६ हजार र पूँजीगत विकास निमार्ण खर्चतर्फ रु तीन करोड २७ लाख  खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।  

औद्योगिक क्षेत्रभित्र निर्माण सामग्री उद्योग ६, प्लाष्टिक सामग्री तर्फको उद्योग २८, विद्युत् तथा विद्युतीय सामान ३, खाद्यन्न तथा पेयपदार्थ १५, फर्निचार सामान/काठ चिरान १०, इन्जिनीयरिङ १४, प्याकेजिङ सामान ४, केमिकल सामग्री रङरोगन १०, पाल्ट्री तथा दाना उद्योग २ , टेक्साटाइल्स उद्योग १, खानीजन्य उद्योग १०, अन्य उद्योग चुरोट, ईन्धन, डिपो, बोन प्रोसेसिङ, टायर रिसोलिङ, रेग्जिङ  गरी १० हाल ११२ उद्योग प्रतिष्ठान रहेका छन् । अन्य कार्यालय तथा सङ्घ संस्था १३,  जग्गा सम्झौता र निर्माणाधीन उद्योग २०  रहेका छन् ।

वर्षौं देखि  हेटौँडा कपडा उद्योगसहित अन्य २ वटा उद्योग बन्द छन् ।  अमेरिका सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते हेटौँडा औद्योगिक क्षेत्रको स्थापना गरिएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो