२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनमा निजी आवासतर्फ ८० प्रतिशत प्रगति

१३ पुष २०७७, सोमबार ०५:३३

पुस १३, चितवन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनले निजी आवास निर्माणतर्फ ८० दशमलव ३७ प्रतिशत प्रगति भएको जनाएको छ । प्राधिकरणको छैटौँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयले सो जानकारी गराएको हो ।

कार्यालयका इन्जिनयर सुजन नेपालका अनुसार जिल्लामा रहेका सात हजार ८६० लाभग्राहीमध्ये छ हजार ४१ लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ताबापतको रु एक लाखसमेत लिइसकेका छन् । यस्तै दोस्रो किस्ताबापतको एक लाख ५० हजार छ हजार ५२६ लाभग्राहीले र पहिलो किस्ताबापत रु ५० हजार सात हजार ५१६ लाभग्राहीले लिइसकेका छन् । 

प्रबलीकरणतर्फ हालसम्म प्रथम किस्ताबापतको रु ५० हजार बुझ्ने एक हजार २६२ लाभग्राहीमध्ये नौ जनाले दोस्रो किस्ताबापतको रकम रु ५० हजारसमेत बुझिसकेका छन् । प्रबलीकरणका लागि एक हजार ३७८ लाभग्राही रहेका छन् । नेपालका अनुसार कार्यालयसँग निजी आवासतर्फ ३४४ र प्रबलीकरणतर्फ ११६ जना लाभग्राहीसँग सम्झौता हुन सकेको छैन । ती लाभग्राहीको नाम सूचीबाट हटाउनका लागि सिफारिस गरिएको छ ।

नाम दोहोरिएका, वडामा समेत सम्पर्कमा नआएका, बसाइँ सरी अन्यन्त्र गएका, घर पुनःनिर्माण नगर्ने सोचमा रहेका लाभग्राहीका कारण सम्झौता गर्न नआएको नेपालले बताउनुभयो । पहिलो किस्ता लिएका दोस्रो किस्ता लिन नआउने लाभग्राही ६३३ जना, तेस्रो किस्ता लिन नआउने ४०४ लाभग्राही रहेका छन् । स्थानीय निकायको समन्वयको कमीका कारण किस्ता लिन आउन नचाहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इन्जिनीयर सुवास न्यौपानेले बताउनुभयो ।

कार्यालयमा प्रथम किस्ता रकम फिर्ता गर्ने दुई जना रहेका छन् । यसै क्रममा २३३ डकर्मी उत्पादन गरिएकोको कार्यालयले जनाएको छ । पहिलो किस्ताको सम्झौता गर्नका लागि प्राधिकरणले यही पुस १५ गतेसम्मका लागि समय दिएको नेपालले जानकारी दिनुभयो ।

यस्तै सोही अवधिमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तर्फ हालसम्म १७९ वटा विद्यालय भवन बनेका छन् । पाँच सय ७४ वटा कक्षा कोठा निर्माण भएको शिक्षाका इन्जिनीयर सरोज श्रेष्ठले जानकारी दिनभयो । शौचालय १०४ वटा र खानेपानी ५१ वटा निर्माण गरिएको छ । उहाँका अनुसार जिल्लाका २३३ वटा विद्यालयमा ७४० कक्षाकोठा क्षति पुगेको थियो । विद्यालयको भवन निर्माणतर्फ ५६ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल