३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मूल्य प्रतितोला १३ सयले घट्यो,कति पुग्यो प्रतितोला ?

२३ पुष २०७७, बिहीबार ०६:५५

पुस २३, काठमाडौं । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ ।

यो बुधबारका तुलनामा रु एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार  प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।  यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोही सुन बुधबार तोलामा रु ९६ हजार २०० मा कारोवार भएको थियो ।

तेजाबी सुन बुधबारका तुलनामा आज तोलामा नै रु एक हजार ३०० ले घटेको छ । यस्तै चाँदी भने तोलामा रु १० ले मात्रै ओरालो लागेको छ । प्रतितोला रु एक हजार ३४० मा बुधबार कारोवार भएको चाँदी आज भने एक हजार ३३० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद