९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से उकालो लाग्दा बजार पूँजीकरण २९ खर्ब ५५ अर्ब पुग्यो

२३ पुष २०७७, बिहीबार १२:०८

पुस २३, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.९१ बिन्दुले उकालो लागेर दुई हजार १९४.४८ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.०८ बिन्दुले उकालो लागेर ४२१.२२ बिन्दुमा पुगेको छ । कारोबार भएका कूल २०८ कम्पनीको एक करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर रु पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार २७९ मूल्यमा खरिद बिक्री भए । पछिल्लो वृद्धिसँगै बजार पूँजीकरणका आधारमा रु २९ खर्ब ५५ अर्ब ८६ करोड ४६ लाख बराबर हुन पुगेको छ ।

 कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर ३.६४ ले घट्दा बैंकिङ १३.०४, व्यापार ११२.६१, होटल ५.९४, विकास बैंक १०, जलविद्युत् १०.६४, वित्त १०.२४, निर्जीवन बीमा १४४.८६, उत्पादन ११५.८३, लघुवित्त ४६.५३, जीवन बीमा ३८.८५ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ ।

 कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३१ करोड ७१ लाख ३६ हजार २७ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ४४ लाख ३८ हजार ९६, चिलिमे हाइड्रोपावर रु २४ करोड ७९ लाख ४५ हजार ४२२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड तीन लाख ३० हजार ८०१, एनआइसी एशिया बैंक रु २२ करोड ६१ लाख ६०७, हिमालयन डिस्टिलरी रु २० करोड १७ लाख ६५ हजार ७२६, शिखर इन्स्योरेन्स कम्पनी रु १४ करोड ७६ लाख सात ६०६ र शिवम् सिमेन्ट रु १३ करोड ९० लाख ५३ हजार ३९२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

 कारोबार भएका कम्पनीमध्ये ११२ कम्पनीको शेयर उकालो लाग्दा ४७ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै विभिन्न १६ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएको छैन । मल्टिप्रपोज फाइनान्स १०, मिर्मिरे माइक्रोफाइनान्स ९.९२, आइएमई जनरल इन्स्योरेन्स ९.९२, नारायणी डेभलमपेन्ट बैंक ९.९१, प्रभु लाइफ इन्स्योरेन्स ९.८३, गुर्खाज फाइनान्स ८.१३, सिभिल लघुवित्त ७.७६, एनएलजी इन्स्योरेन्स ७.४३ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले ७.३५ प्रतिशतले कमाए ।

त्यसैगरी एभरेष्ट बैंक ३.८१, खानीखोला हाइड्रोपावर ३.५७, कालिका पावर २.९१, रैराङ हाइड्रोपावर २.८०, रसुवागढी हाइड्रोपावर २.४१, पाँचथर पावर कम्पनी २.४०, जानकी फाइनान्स २.३३ र माउण्टेन इनर्जीका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिबी राईको पत्र: “रवि र उनको पार्टीलाई पैसा दिदा डुबे, राज्यले सुरक्षा दिए नेपाल फर्कन्छु” (पत्रसहित) आज कति छ सुनको मूल्य ? रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै रास्वपाले आजदेखि काठमाडौं केन्द्रीत प्रदर्शन गर्ने सत्तारुढ दलको बैठक आज बस्दै विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन युरोपा लिगमा रिगास एफएसविरुद्ध इन्टरिज फ्राङ्कफटको जीत लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन यस्तो रहनेछ आजको मौसम ? हल्का वर्षाको सम्भावना एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने