१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्राङ्गारिक खेतीतर्फ उन्मुख हुँदै स्थानीय तह

२४ पुष २०७७, शुक्रबार १०:२५

पुस २४, बझाङ | पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गारिक बनाउन लागेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो बिगार्ने बुझेपछि स्थानीय तहले प्राङ्गारिक खेतीतर्फ उन्मुख भएका हुन् ।    

यहाँस्थित तीनवटा स्थानीय तहमा प्राङगारिक खेती प्रणाली अपनाउन किसानलाई सूचित गर्ने व्यवस्था गर्दै आएका छन् । त्यसमा पनि पछिल्लो समय कृषि ज्ञान केन्द्रबाट प्राङगारिक खेतीका लागि रकम छुट्टिन थालेपछि अझै सहज भएको छ । यस वर्ष मात्र कृषि ज्ञान केन्द्रमार्फत रु ४१ लाख ५० हजार बजेट विनियोजन भएको छ ।    

ती स्थानीय तहमा क्लष्टर छनोट गरेर कार्यक्रम कार्यान्वयन गरिने कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिनुभयो । यसका लागि केन्द्रले जैविक विषादी, जैविक मल बनाउने, गड्यौला मल उत्पादनका लागि गड्यौलापालन, भकारो सुधारमा सहयोग गरिरहेको उहाँको भनाइ छ । 

सरकारले प्राङगारिक उपजको प्रमाणीकरण, प्राङगारिक उत्पादनको प्रशोधन, रासायनिक विषादीको प्रयोग नगरी गरिने उत्पादन र परम्परागत पद्धतिबाट हुने कृषि उत्पादनको प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको हो । त्यसका लागि प्राङगारिक खेती पद्धतिको लागि सचेतना अभिवृद्धि गर्ने, प्राङगारिक उत्पादनका लागि आवश्यक सामग्रीमा सहयोग गर्ने, प्रविधि हस्तान्तरण गर्नेदेखि बजारीकरणसम्ममा सहयोग पुग्ने क्रियाकलाप सञ्चालन हुनेछन् । 

त्यस्तै उत्पादन विविधीकरण गर्ने, उत्पादित वस्तुको प्याकेजिङ लेबलिङ गरेर मूल्य अभिवृद्धि गरिनेछ । प्राङगारिक खेतीका लागि संरक्षित संरचनाभित्र बालीको उत्पादनका लागि नयाँ संरचना बनाउन सहयोग गर्ने, पुरानो संरचनालाई सुधार गर्नेदेखि खुला जमिनमा खेती गर्ने प्रणालीलाई समेत सहयोग गर्ने कार्यक्रम छन् ।

कार्यक्रम लागू भएको ठाउँमै बजार प्रवद्र्धनको केन्द्र बनाइने केन्द्रका प्रमुख विष्टले जानकारी दिनुभयो । यसरी उत्पादन भएको अर्गानिक कृषिउपजको जिल्लामा एउटा कोशेली घर निर्माण गरी खरिद गर्ने र धनगढी, काठमाडौँसम्म ढुवानी गर्नका लागि त्यहाँ पनी बझाङ कोशेली घर निर्माण गरी बजार व्यवस्थापन गरिने उहाँको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु